डोल्पामा दिवा खाजाको रकम झ्वाम

डोल्पा, सरकारले उपलब्ध गराउदै आएको दिवाखाजा रकम डोल्पाका बालबालिकाले नपाएको पाइएको छ ।

बालबालिकालाई विद्यालय समयमा टिकाई राख्न र बीचमै विद्यालय छोड्ने बालबालिकाको दरलाई कम गर्न सरकारले विद्यालयमा बालबालिकाको लागि दैनिक प्रति विद्यार्थी २० रुपैयाँका दरले दिवा खाजा कार्यक्रम अन्र्तगत रकम उपलब्ध गराउदै आएको छ ।

तर विद्यालयका प्रधानाध्यापकले बालबालिकाको दिवा खाजाको लागि आएको रकम र प्रारम्भिक बालबिकास केन्द्रमा शैक्षिक सामग्री ब्यवस्थापनको लागि प्राप्त हुने रकम कसैले ब्यक्तिगत कार्यमा त कसैले विपरित शीर्षकमा खर्च गर्ने गरेको पाइएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र अन्र्तगतका आधारभूत,माद्यमिक तथा निम्न माद्यमिक विद्यालयका प्रधानाध्यापकहरुले बालबालिकाको लागि विद्यालयमा प्राप्त हुने रकममा अनियमितता हुने गरेको विद्यालय अनुगमन टोलीले जनाएको छ ।त्रिपुरासुन्दरी नगरपालिका अन्र्तगत वडा नम्बर ५ र ६ मा रहेका फोक्सुण्डो माद्यमिक विद्यालय फुल्चिङ,पृथ्वीनारायण आधारभूत विद्यालय पालङ्ग, मष्टाआधारभूत विद्यालय ल्हाँ र फोक्सुण्डो आधारभूत विद्यालय खदाङ्ग लगायतका विद्यालयमा गरिएको जिल्लास्तरीय संयुक्त अनुगमन टोलीले केहि विद्यालयमा प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको मिलोमतोमा विद्यालयमा आउने विभिन्न शीर्षकको रकममा अनियमितता हुने गरेको पाएको हो ।

विद्यालयमा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको हालसम्मको कार्यान्वयनको अवस्था ,असल अभ्यास,थप सुधारका लागि अवलम्वन गर्नु पर्ने विधि र प्रक्रियाका बारेमा अध्यायन अनुगमन गर्न जिल्ला समन्वय समिति,नगरपालिकाका प्रमुख वा प्रतिनिधि सम्बन्धित नगरका सामाजिक विकास समितिका संयोजक सम्बन्धित वडाका वडाअध्यक्ष नगर शिक्षा प्रमुख र संचारकर्मि समेतको संयुक्त अनुगमन टोलीले तीन लगाएर विद्यलयमै पुगेर स्थलगत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा विद्यालयमा पुग्दा फोक्सुण्डो माद्यमिक विद्यालयमा शैक्षिक सत्र सकिदा समेत प्रधानाध्यापक र किताव वितरक बीचको आर्थिक विवादका कारण पाठ्यपुस्तक वितरण नगरेको विद्यालयमा आउने रकममा अनियमितता हुने गरेको कक्षा १ देखि ३ सम्मका कक्षाकोठाहरु छापामय नभएको तालिम प्राप्त शिक्षकले नभई तालिम नलिएका शिक्षकले अध्यापन गरेको,विद्यलायको भौतिक संरचना जीण भएको स्थानीय शिक्षकको लापरवाहीका कारण बाहिरबाट आएका शिक्षकहरु पनि विद्यालयमा नियमितता नदेखिएको विद्यलय ब्यवस्थापन समिति चयनमा राजनीति खिचातानीका कारण ब्यवस्थापन समिति अभिभावक संघ र विद्यालय परिवार बीचको समन्वयको अभावका कारण शैक्षिकगुणस्तर पनि खस्कदो क्रममा रहेको पाइएकोे संयुक्त अनुगमन टोलीका संयोजक त्रिपुरासुन्दरी नगरपालिकाका नगर शिक्षा प्रमुख भीमबहादुर धरलाले बताउनुभयो ।

यसैगरि पृथ्वीनारायण आधारभूत विद्यालय पालंङ्गमा विद्यालय ब्यवस्थापन समिति विद्यालय परिवार र अभिभावक बीचको समन्वय नभएको,विद्यालयको ब्यवस्थापनमा अभिभावकहरुको कमरुची भएको विद्यालयका प्रधानाध्यापकले विगत ७ वर्षदेखि बालबालिकाको लागि प्राप्त भएको दिवाखाजा रकम र छात्रबृति रकम आफैले खर्च गरेको विद्यालयमा विद्यर्थी संख्या अत्यन्तै न्युन रहेको पाइएको अनुगमन टोलीले त्रिपुरासुन्दरी नगरपालिकामा पेश गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैगरि फोक्सुण्डो आधारभूत र मष्टाआधारभूत विद्यालयको ब्यवस्थापन पक्ष राम्रो र सुधारउन्मुख रहेको पाइएको अनुगमन टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनुगमन टोली पुगेपछि किताव वितरण
शैक्षिक सत्र सकिएको एक महिना पुग्दा समेत पाठ्यपुस्तक नपाएका त्रिपुरासुन्दरी नगरपालिका वडा ५ र ६ का विद्यार्थीको हातमा बल्ल पाठ्यपुस्तक परेको छ ।

विद्यालयका प्रधानाध्यपक र किताव वितरक बीचको विवादका कारण चैतको ५ गते सम्म पनि बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका थिएनन् ।

बालबालिकाले समयमै पाठ्यपुस्तक नपाएको गुनासो आएपछि र राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्रभावकारीता र कायान्वयन अवस्था,असल अभ्यास,थप सुधारका लागि अवलम्वन गर्नु पर्ने विधि र प्रक्रियाको स्थलगत अध्यान अनुगमन गर्न पुगेको संयुक्त टोलीले विद्यालय सरोकार पक्षसंग छलफल तथा परामर्श गरि विद्यालय सुधार कार्यमा सबैको प्रतिबद्धता जनाउन सफल भएपछि सबैको रोहवरमा किताव वितरकले किताव गरेका हुन ।

विद्यालय समुदाय बीचको सुमधुर सम्बन्ध कायम गर्न निरन्तर सामुहिकरुपमा अभिभावक भेला अभिभावक शिक्षा नियमित सम्पर्क समन्वय छलफल एवं अन्तरक्रिया सार्वजनिक सुनुवाई नियमित विब्यसको बैठक लगायतका कार्यहरु गर्नु पर्ने सुझाव अनुगमन टोलीले विद्यालय परिवार अभिभावक र विद्यालय ब्यवस्थापन समितिलाई दिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रममा संयोजक रणबहादुर कार्कीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!