खोपको निम्ता बाँड्दै घर ,घरमा जनप्रतिनिधि

हेमन्त केसी
जाजरकोट , “आदारणीय अभिभावकहरु ज्यूहरु , तपाईको वडामा यहि चैत्र १ गते देखि २९ गते सम्म दादुरा ,रुवेला खोप अभियान सञ्चालन हुँदैछ । यस अवसरमा ९ महिना देखि ५९ महिनाका सवै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याईदिनुहुन अनुरोध छ । प्रार्थी नगरप्रमुख , गाउँपालिका अध्यक्ष , वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुख ” यो माथीको बेहोरा स्वास्थ्य सेवा कार्यालय मार्फत सरोकारवाला निकायले यहाँका सात वटा स्थानीय तहका सवै बालबालिका भएको घरमा पठाएको नियन्त्रण कार्डमा उल्लेख भएको बाक्य हो ।
जाजरकोटका सवै स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले सन्देश सहितको चिठी बोकेर घर , घरमा पुगि निम्तो बाँडिरहेको छन् । कोही पनि नछुटुन भनेर घर , घरमा गएर सन्देश , निम्ता सहितको कार्ड वितरण गरिएको र अनिवार्य खोप लगाउन मौखिम रुपमा समेत निम्ता दिईएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ जानकारी नपाएर पनि धेरै अभिभावकले बालबालिकालाई खोप दिन भुलेको अवस्था छ , यसमा हामी सवैले जोडदारका साथ अभियानमा लागेर सफल बनाउनु पर्छ , राज्यको सेवा सुविधा सही रुपमा सदुपयोग गर्न म सवैलाई अनुरोध पनि गर्दछु । ”
घर ,घरमा निम्तो कार्ड बोकेर खोप लगाउन सल्लाह दिदँै हिडेका जनप्रतिनिधि देखेर स्थानीयवासीहरु खुसी भएको बताएका छन् । बारेकोट गाउँपालिका – ५ का जनकबहादुर शाहीले भन्नुभयो , “ महिला स्वंयमसेविकाले खोपका विषयमा अलि , अलि जानकारी गराएको त थाहा थियो , यो पटक जनप्रतिनिधि आफैले सही गरेको कार्ड बोकेर घर ,घरमा आउदा अलि फरक मात्र होईन , खोप लगाउन बाध्य समेत पारिदिएको छ । ” सञ्चार सेवाको पहुँच नभएका जाजरकोटका दुरदराजमा खवर मात्र होईन सञ्चारको काम समेत जनप्रतिनिधिबाट हुँदै आएको छ ।
यो कार्यक्रम सफल बनाउका लागि ७ वटा स्थानीय तहका जनप्रतिनिधिलाइ सुक्ष्म योजना तालिम दिईएको छ । त्यस्तै खोप कार्यक्रताका लागि १ दिने अभिमुखीकरण तालिम समेत दिइएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति शान्तबहादुर बुढाथोकीले जानकारी दिनुभयो । यहाँका अनुसार पत्रकार , नागरिक समाज , प्रमुख जिल्ला अधिकारी , प्रहरी समेत सचेतना गोष्टी मार्फत आवश्यक जानकारी दिइएको छ ।
खोपको प्रभावकारी तथा सही सदुपयोग भएको वा नभएको बारेमा अनुगमण समेत गर्ने व्यवस्था मिलाएको यहाँले जानकारी दिनुभयो । नेपालबाट दादुरा र रुवेला रोग पुर्ण रुपमा निवारण गरौं भन्ने खोप कार्ड स्वास्थ्य संस्था र अभिभावक प्रति सवै विवरण भरेर अभिलेखिकरण समेत गरिएको छ । यो अभिलेखिकरणले कति बालबालिका खोपको पहुँचमा आए भन्ने स्पष्ट हिसाव आउने बुढाथोकीले बताउनुभयो ।
के हो दादुरा र रुवेला रोग ?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । मिजल्स नामक भाईरसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । रुवेला पनि रुवेला भाईरसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
५ वर्ष भन्दा मुनीका बालबालिकालाई छिटो सर्ने सुरुवा रोग हो । छिट्टै महामारीको रुपमा लिन सक्ने अवस्था भएको रोग भएकाले यसलाई सरकारद्धारा विशेष महत्व दिइएको छ । बालमृत्युको दर उच्च हुनुमा यि रोगहरु प्रुमख भुमिका खेलेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
जुनिचाँदे , शिवालय र छेडागाड नगरपालिकामा चैत १ देखि ९ सम्म सञ्चालन भएको छ । त्यस्तै नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा चैत ११ देखि १९ गते सम्म , चैत २१ देखि २९ सम्म भेरी नगरपालिका र कुशे गाउँपालिकामा खोप लगाईने स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिनुभयो ।
कसरी सर्छ ?
दादुरा , रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्छ । संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्छ ।
यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुन्छ । यसले श्वास नली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ ।
लक्षणहरू
नाकबाट पानी बग्ने
खोकी लाग्ने
ज्वरो आउने
आँखा रातो हुने
आँखा पाक्ने
शरीरमा राता बिमिरा देखिने
जटिलता
दादुराको जटिलता
· अन्धोपना
· पखाला लाग्ने
· कानको संक्रमण
· निमोनिया
· मस्तिष्कमा कडा खालको संक्रमण
रुबेलाको जटिलता
· हाडजोर्नी सुन्निने
· मस्तिष्कमा संक्रमण
· गर्भपतन हुने वा मृत शिशु जन्मने
· जन्मँदै विकलांग हुने
· रक्तस्राव हुने
उपचार
दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । यस रोग लागेमा अरूलाई सर्नबाट जोगाउनु पर्छ । यसका लागि स्वास्थ्य संस्थामा गई लक्षणअनुसार र जटिलताको प्रचार गर्नुपर्छ । साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनु पर्छ ।
यस रोगबाट बच्ने उपाय भनेको दादुरा रुबेलाविरुद्धको खोप लिनु हो । खोप लिँदा पैसा तिर्नु पर्दैन । यो रोगबाट बचाउन बालबालिकालाई खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा नौ महिना पुगेपछि र दोस्रो मात्रा १५ महिना पुगेपछि पूरा गराउनै पर्छ । खोप दुई मात्रा दिएमा जीवनभर दादुरा रुबेला रोगबाट सुरक्षा गर्छ ।
नौ महिनादेखि पाँच वर्ष मुनिकालाई खोप
सरकारले दादुरा रुबेला रोग निवारण गर्ने उद्देश्यले जोखिममा रहेका बालबालिकालाई खोप प्रदान गर्न विशेष खोप कार्यक्रम देशैभर सञ्चालन गरेको छ । यो खोप अभियानमा यसअघि खोप लिएका तथा नलिएका बालबालिकालाई खोप लगाइने डा। गौतमको भनाइ छ । नौ महिनादेखि ५९ महिनासम्मका ९पाँच वर्ष मुनिका० सबै बालबालिकालाई खोप लगाइन्छ । यसअघि खोप लगाएको भए पनि यो अभियानमा दादुरा रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउनु पर्छ । यो अभियानमा दिइएको खोप दादुरा रुबेला खोप पूरक थप मात्रा हो ।










