भीरबाट लडेर रावलको मृत्यु

जाजरकोट ः भीरबाट लडेर गम्भीर घाइते भएका नलगाड नगरपालिका ४ सिलाजका २६ वर्षीय धर्मराज रावलको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ

बुधवार खाल्चौरबाट सिलाज घर जाँदै गर्दा मौरी भीरको भीरबाट १ सय मिटर तल खोचमा खसेर घाइते भएका उहाँलाई थप उपचारको लागि मेडिकल कलेज पुर्याए लगतै मृत्यु भएको थियो ।

रावल एक सफल मौरी पालक व्यवसायी हुन् । उहाँका एक छोरा र एक छोरी छन् । रावलको मृत्युले गाउँ सोकमग्न छ ।




सम्बन्धित समाचार


error: Content is protected !!