देवता , परमेश्वरीको आदेश पछि अस्पताल

हेमन्त के सी
जाजरकोट ,  “दुधको दुध , पानीको पानी छुट्याईदिनु पर्र्यो देवता परमेश्वरी , हामी तिम्रो भर ,शरणमा परेका छौँ , हामी पाठी खाने भए ,पाठी , चल्लो खाने भए चल्लो दिन तयार छौँ ” यो भनाई बारेकोट – ८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक विहान र साँझ पख सुनिने भाषा हो ।

गाउँ भरीका मानिसहरु विरामी हुँन वितिकै धनबहादुरको घरमा धामी हेराउन जादा दैनिक धनबहादुरको शरीरमा महादेव देवी चढेपछि विरामीका आफन्तले देवीलाई सुनाउने सवै भन्दा महत्वपुर्ण स्लोक हो यो । यहाँका अधिकांश स्थानीयवासीहरु आफन्त विरामी हुँदा एक घण्टाको दुरीमा रहेको स्वास्थ्य संस्था लिनु भन्दा पहिला धामी कहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम हुँने गरेका छन् । धामी ,झाँक्रीले हामी सक्दैनौ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लिने गरेको पाइएको छ ।

सामान्य टाउको दुख्दा होस वा , सामग्री हराउदा सम्म देवताकै शरणमा गएर सल्लाह लिने चलन झै जाजरकोट रुकुम पश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफल सम्म हुँने गरेको नलगाड नगरपालिका – ८ का हरीबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ , “ खेतबारीमा लगाएको मकै , धान लगायतका अन्नबाली घरमा भित्र्याउन समेत धामीले दिएको दिनलाई उपयुक्त समय मानेर गाउँभरीको काम हुने गर्छ , यदि सो समयलाई नमान्नेको घरमा अनिष्ट हुँने जनविश्वास छ ।”

नयाँ घरमा प्रवेश गर्ने देखि नयाँ कामको थालनी गर्दा सम्मका कामहरु धामीले दिएको सायतकै आधारमा काम हुँने गरेको खत्रीको भनाई छ । जिल्लाको बारेकोट , जुनिचाँदे गाउँपालिकामा बढी देवी देवताको विश्वासका आधारमा काम बढी हुँने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ घरमा भैसी व्यहेपछि दुख खानालाई समेत देवताकै शरणमा जानुपर्छ , देवताले दिएको दिन बाहेक अरु दिनमा दुध खाना नमिल्ने संस्कार अझै गाउँमा रहेको छ । ”

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा वाला त्रिपुरासुन्दरीका पुजारीले दिएको सायद बाहेक अरु सायदमा दशैका टिका नै नहुँने प्रचलन कायम छ । धामीले दिएको सायद हेर्दा दुई वर्ष अघि दशैको टिका एक दिन पछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटा बताउँनुहुन्छ ।

कुनै पनि नयाँ काम गर्दा बाला त्रिपुरासुन्दरीको आज्ञा अनुसार नै गदै आएको उहाँको भनाई छ । विसं २०७२ मा फैलिएको मौसमी फलु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । दुई दिन देखि त्रिपुरासुन्दरी नगरपालालिका – १ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासीहरु धामीको शरणमा पुगेको बताएको छ ।

हिउद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकहरु समेत पानी पार्न अनुरोध गदै स्थानीयवासीहरु धामीकै शरणमा पुग्दै आएका छन् । उपल्लो डोल्पामा वर्षेनी उवा खेती भित्र्याउदा लामाले सायद हेरेर मात्र भित्र्याउने चलन कायम रहदै आएको छ ।

गाउँलेहरुले लगाएको अन्नबाली पशुचौपायले खादा घर मालिक पत्ता लगाउन समेत देवताको मन्दिरबाट ध्वाजा , पताका लिएर क्षेतिपुर्ती उपलव्ध गराउने चलन समेत डोल्पा , जाजरकोट र रुकुम पश्चिमका गाउँमा अझै कार्यम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका –८ शिक्षक बीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसरी सामाजिक रुपमा जगडिएको हाम्रो समाज अझै मुलप्रवाहमा आउँनका लागि वर्षौ पर्खनुपर्ने वुदिजिवी सुदाम गौतम बताउनहुन्छ । समाजका हरेक गतिविधि संस्कारकै रुपमा स्थापित भएकाले सजिलै हट्ने संकेट आफुले नदेखेको उहाँको भनाई छ । हाम्रा गतिविधिहरु सुधार उन्मुख हुनुपर्दछ , अनि मात्र हामी एक दिन सही ठाउँमा पुग्र्दछौ उहाँले भन्नुभयो ।





error: Content is protected !!