गर्भबाट बाबालाई चिठी , “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ”

हेमन्त केसी
जाजरकोट ः ‘बाबा म अहिले गर्भमा हुर्किरहेको छु , हजुरले आमालाई पोसिलो खाने कुरा उपलव्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मि सकेपछि नियमित तौल लिनु , खोपहरु समेत लगाउनुहोला , म स्वास्थ्य भएभने देशका लागि योगदान गर्न सक्छु । म हुर्कदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुँन नदिनुहोला धन्यवाद’ यि बाक्य बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ ।
गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्यक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठीमा गर्भअवस्था देखि चेतनाको वृद्धी हुन्जेल सम्माका कुराहरु लेखेर पटक , पटक बालबालिकाको भविश्यका लागि अभिभावकलाई सम्झाउने काम गरेको छ ।
घरमा अभिभावकहरु सो पत्र बढेर आफ्ना सन्तानका लागि गरिने कामको विषयमा जानकारी लिने गरेको बारेकोट गाउँपालिका – ५ का वुद्धिजिवी जनकबहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाले सुरक्षित र संस्थागत सुत्केरी दर बढाउनका लागि ‘सुत्केरी आमा सँग उपाध्यक्ष कार्यक्रम’ समेत सुरु गरेको छ । सो कार्यक्रम मार्फत गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलालाई एउटा झोला भित्र नङ्कट , मन्जन , नुहाउने सावुन , कपडा सफा गर्ने सावुन , सल , ऐना र काङ्गियो उपलव्ध गराउदै आएको छ ।
तीन वर्षको अन्तरालमा संस्थागत सुत्केरी हुँने दर बढेको स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख बीरराज सिंहले जानकारी दिनुभयो । संघीय सरकारको कार्यक्रम अनुसार नियमित चार पटक सम्म गर्भ जाँच गर्ने महिलालाई रु २ हजार र कर्णाली प्रदेश सरकारले थप २ हजार , बहुक्षेत्रिय कार्यक्रम मार्फत रु १ हजारको सामग्री उपलव्ध हुँदै आएको छ ।
अघिल्लो वर्ष बारेकोट गाउँपालिकाले थप रु १ हजार दिदै आएको थियो । अहिले रु १ हजार रुपैयाँको ठाउँमा आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य संस्था आउन जान मात्र दिनभर लाग्ने यहाँका ग्रामीण गाउँका महिलाहरु अहिले स्वास्थ्य सेवा जसरी नि लिनुपर्छ भन्ने चेतनाका कारण संख्य बृद्धी भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
तीन वर्षको डेटा हेर्दा ५० प्रतिशतबाट अहिले ८१ प्रतिशत संस्थागत तथा सुरक्षित सुत्केरी हुँनको संख्य पुगेको अध्यक्ष शाहले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो , “ नियमाअनुसार गर्भवती जाँच गरी परामर्श लिनेको संख्य बढेको छ , भने अपायक पर्ने ठाउँमा थप सहज बनाउका लागि ६ वटा भन्दा बढी संघीय सरकारको कार्यक्रम अनुसार स्वास्थ्य संस्था निर्माण कार्य जारी रहेको छ । ”
आव २०७३,७४(३५ प्रतिशत),२०७४,७५(५०प्रतिशत)र२०७५,७६(६५प्रतिशत)ले नियमाअनुसार गर्भजाँच गराएको बारेकोट गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । अहिलेको अर्धवार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाले बनाएको लक्ष्य पुरा भईसकेको स्वास्थ्य शाखाका सिंहले जानकारी दिनुभयो ।
त्यस्तै २०७३,७४ मा ( ५० ) , २०७४,७५ मा ( ७२) २०७५,७६ ( ८१) प्रतिशत गर्भवती महिलाहरु संस्थागत र सुरक्षित सुत्केरी भएको पाइएको छ । यो आर्थिक वर्षको लक्ष्य ९०प्रतिशत गर्भवतीलाई सुरक्षित र संस्थागत सुत्केरी गराउने उदेश्य रहेको भएपनि अहिले सो लक्ष्यको नजिक पुगिसकेको उहाँको भनाई छ । बारेकोट गाउँपालिकामा सुरक्षित र संस्थागत सुत्केरी हुँनेको संख्य अन्य स्थानीय तहको भन्दा बढी रहेको उहाँको भनाई छ ।
छात्रालाई नियमित विद्यालय ल्याउन सेनेटरी प्याड वितरण
गाउँपालिकाले यहाँका १५ वटा आधारभुत र माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्राहरु महिनावारी हुँदा विद्यालय नआउने समस्य हल गर्न प्याड वितरण गरिएको हो । विद्यालयमा छात्राको संख्यका आधारमा प्याड वितरण गरिएको गाउँपालिकाका अपाध्यक्ष ओमा शाहीले जानकारी दिनुभयो ।
अहिले प्याड पाएपछि छात्राहरु निर्धक्कका साथ विद्यालयमा आउने गरेको शिक्षकहरु बताउँछन् । महिनावारी हुँदा विद्यालय छात्राहरु नआउने भएपछि समस्य समाधान गर्न यो विधि प्रयोग गरिएको स्थानीय सरकारले जानकारी दिएको छ ।
जुम्लाको सिमानासँग जोडिएको कारण उच्च हिमालको बीचमा पर्ने बारेकोट गाउँपालिका सडक सञ्जालसँग अझै जोडिन सकेको छैन । यहाँ बिभिन्न सामग्री लिन, ल्याउन स्थानीयवासीले बोक्ने देखि घोडा , खच्चडको सहारा लिनुपर्ने बाध्यता रहेको छ ।










