कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण र रोग

काठमाडौं ः पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ ।

मध्य चीनको हुपेई प्रान्तको वुहान शहरबाट देखा परेको कोरोना भाइरस ९कोभिड–१९० ६० देशमा पुगिसकेको छ । मुख्यभूमि चीनमा यसका कारण २ हजार ८७० जनाको मृत्यु भइसकेको भएपनि अन्यत्र भने यसबाट मर्नेको संख्या त्यति धेरै छैन ।

यसलाई ‘एपिडेमिक’का रुपमा वर्गिकृत गरिएको छ । संक्रमण र मर्नेको संख्या अन्यत्र पनि हवात्तै बढ्यो भने यो चाँडै नै ‘प्यानडेमिक’का रुपमा वर्गिकृत हुन सक्छ । कोभिड–१९ मा संक्रमितको मृत्यु दर ३ दशमलव ४ प्रतिशत छ ।

यो इबोला महामारीको तुलनामा निकै कम हो । इबोलाको मृत्यु दर ४० दशमलव ४ प्रतिशत रहेको थियो । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन् ।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा संक्रमण र रोग फैलिएका छन् । तीमध्ये ठूला १० घटना निम्नानुसार छन् ।

१ छैठौं हैजा

सन् १८९९ मा शुरु भएको यो प्रकोप सन् १९२३ सम्म चलेको थियो । यसको प्रकोप भारतमा शुरु भएको थियो । त्यहाँबाट यो मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप रुससम्म पुगेको थियो । हैजाको यो महामारीले गर्दा भारतमा मात्रै ८ लाख मानिसको मृत्यु भएको थियो । यसका कारण फिलिपिन्समा २ लाख, रुसमा ५ लाख मानिस मरेका थिए ।
२ तेस्रो हैजा

यो महामारी पनि सन् १८५२ मा भारतबाटै शुरु भएको थियो अनि विस्तारै अन्य महाद्विपमा फैलिएको थियो । यसका कारण विश्वभर १० लाख मानिस मरेका थिए ।
३ हङकङ फ्लु

सन् १९६८ मा एशियाली महाद्विपबाट उत्पत्ति भएको यो इन्फुल्एन्जा भाइरसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । एच ३ एन २ भाइरसले गर्दा भएको यो महामारीमा १० लाख मानिस मरेका थिए । सन् १९५७ मा देखा परेको इन्फुल्एन्जा भाइरस पछि हङकङ फ्लुमा विकसित भएको थियो ।

४ फ्लु

फ्लुको उत्पत्ति सन् १८९० मा रुसबाट भएको थियो । आधुनिक यातायात पूर्वाधारका कारण यो उत्तरी गोलार्द्धसम्म पुगेको थियो । एच ३ एन ८ भाइरसले गर्दा यस महामारीमा १० लाख मानिसको मृत्यु भएको थियो ।

६ एन्टनेन प्लेग

सन् १६५ मा रोमन सम्राज्यमा देखा परेको यो महामरीले ५० लाख मानिसको ज्यान लिएको थियो । यो महामारी सुदूर पूर्वबाथ रोम फर्किएका सैन्य दलसँग आएको स्म्लपक्स वा दादुरा भएको आशंका गरिएको छ ।

७ जष्टिनेन प्लेग

बुबोनिक प्लेग सन् ५४१–४२ मा बैजान्टिन सम्राज र मेडिटेरियनका बन्दरगाह शहरमा शुरु भएको हो । महामारी उत्कर्षमा भएको बेलामा एक दिनमै ५ हजारसम्म मानिसहरु मरेको अनुमान गरिएको छ । बन्दरगाहमा आएका ठूलो संख्या अनि फोहोर जहाजका कारण यो फैलिएको बताइन्छ । यसका कारण २ करोड ५० लाख मानिसको मत्यु भएको अनुमान छ । यो त्यतिबेला यूरोपको आधा जनसंख्या हो ।

८ एचआइभी एड्स २००५–२०१२०

एचआईभी एड्स पहिलो पटक सन् १९७६ मा गणतन्त्र कंगोमा देखा परेको थियो । तर यो सन् २००५ देखि सन् २०१२ को बीचमा मात्रै खासगरि अफ्रिकी महाद्विपमा महामारीका रुपमा परिणत भयो । यौन सम्पर्कबाट सर्ने यो रोगका कारण सो दशकमा ३ करोड ५० लाख मानिसको मृत्यु भएको थियो ।
९ स्पेनी फ्लु
सन् १९१८ मा देखखा परेको यो इतिहासको सबैभन्दा डरलाग्दो फ्लु महामारी हो । यसले करीब ५० करोड मानिस संक्रमित भएका थिए भने ५ करोडभन्दा धेरैको मृत्यु भएको थियो ।
यो महामारी एचवनएनवन भाइरसले गर्दा भएको थियो । अस्पतालमा थेग्नै नसक्ने भिडभाड र फोहोरले गर्दा संक्रमण झनै फैलिएको थियो ।

१० ब्ल्याक डेथ

यो पनि इतिहासकै डरलाग्दो महामारी हो । बुबोनिक प्लेगका कारण उत्पन्न भएको यो महामारीमा २० करोड भन्दा मानिसको मृत्यु भएको अनुमान छ । यसको उत्पत्ति एशियामा सन् १३४६ मा भएको इतिहासकारहरु बताउँछन् । (एजेन्सीहरुको सहयोगमा)




सम्बन्धित समाचार


error: Content is protected !!