समाजवादीले जाजरकोटमा जागरण कार्यक्रम

जाजरकोट ः समाजवादी पार्टी, नेपालले जाजरकोटमा नेता कार्यकताहरुलाई शनिबार अभिमुखीकरण गरेको छ । संगठन बिस्तार तथा सुदृढीकरण गर्न समाजवादी पार्टी नेपालले जाजरकोटमा नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण गरेको हो ।

समाजवादी पार्टी नेपाल, जाजरकोटका अध्यक्ष झलक बुढाको अध्यक्षतामा भएको नेता तथा कार्यकताहरुलाई केन्द्रिय सचिब भक्तबहादुर शाहले अभिमुखीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा पार्टी नेता बलविर नेपाली, भीमबहादुर मल्ल, मोहन गुरुङ, उवीलाल घर्ती, रंगवीर मिजार, लक्ष्मी कुमारी मल्ल शाह उपस्थित भएका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रममा समाजवादी पार्टी नेपाल, जाजरकोटले संगठन विस्तार तथा सुदृढीकरण अभियान जिल्लाका दुई निर्वाचन क्षेत्र र सात वटै पालिकामा संचालन गर्ने निर्णय गरेको छ । अभियानको नेतृत्व उवीलाल घर्तीले गर्ने निर्णय भएको अध्यक्ष बुढाले जानकारी दिए । बैठकले नरबहादुर पुनलाई निर्वाचन क र करे चदारालाई निर्वाचन ख को संयोजक तोकेको अध्यक्ष वुढाले जानकारी दिए । त्यसैगरि बैठकले भेरी नगरपालिकामा गणेश परियार, बारेकोट गाउँपालिकामा लभकुमार पुन र कर्णबहादुर थापालाई संयोजक तोकिएको अध्यक्ष बुढाले जानकारी दिए ।

त्यसैगरि भेरी नगरपालिका–१ बाट नरबहादुर बस्नेत, रामकलि बटाला, पुतली चदारा, सुन्तली बिकले नेकपा परित्याग गरेर सामाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । भेनपा–१ बाटै नन्दराम खत्रीले नेपाली कांग्रेस पार्टी परित्याग गरेर समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बारेकोट गाउँपालिका–४ का कालीबहादुर बोहरा, डिल्ली प्रसाद बोहरा र भक्तबहादुर बोहराले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेका छन् । digitalsanchar





error: Content is protected !!