विमानमा उड्दा हाम्रो शरीरमा के हुन्छ ?

एजेन्सी । विमानमा उड्दैगर्दा मानिसको शरीरमा विभिन्न परिवर्तन आइरहेका हुन्छन् जसबारे प्रायः मानिसहरुलाई थाहा हुँदैन । उचाइमा पुग्दा त्यहाँ हावाको चापदेखि तापमान सबै पृथ्वी सतह भन्दा फरक हुने हुनाले पनि नयाँ वातावरणसँग अनुकूल रहन शरीरमा विभिन्न बदलाव हुने गर्दछ ।

सबैभन्दा पहिले त उडिरहेको समयमा हामीलाई जलवियोजन हुने गर्दछ । किनकी विमान भित्र हामी जुन हावामा सास फेरिरहेका हुन्छौँ त्यो अत्यन्तै सुख्खा हुन्छ । बाहिरको हावामा एकदम थोरै बाफ हुने हुनाले पनि त्यसले विमान भित्रको हावालाई पनि प्रभाव पारिरहेको हुन्छ । जस्तै क्याबिन भित्र हावामा बाफको दर ५ देखि ३५ प्रतिशत सम्म हुन्छ जुन केही मरुभूमीसँग तुलना गर्न सकिन्छ । यस्तोमा अधिक पानी पिउनुले थकान र टाउको दुखाइबाट बचाउन सक्छ ।

अर्को परिवर्तन भनेको हाम्रो स्वाद लिन सक्ने क्षमतामा आउने गर्दछ । जसकारण उडानको समयमा जुनसुकै खानेकुरा पनि नमिठो लाग्न सक्छ । वास्तवमा हावामा बाफको कमी हुनुले हाम्रो नाक भित्रका मेम्ब्रेनहरुलाई पनि सुख्खा बनाइदिएको हुन्छ जसले हाम्रो जिब्रोको क्षमतामा कमी ल्याउँछ । त्यस्तै विमानको इन्जिनको आवाजले पनि यसलाई प्रभावित गरिरहेको हुन्छ । यसले गुलियो र नुनिलो खानेकुराको स्वाद थाहा पाउने क्षमता ३० प्रतिशतले कम गराउँछ ।

तेस्रो शारीरिक बदलाव भनेको हामीलाई आफू फुलिएको जस्तो अनुभूति हुन्छ । विमानहरुमा हावाको चाप सामान्य अवस्थामा भन्दा अत्यन्तै कम गरिएको हुन्छ जसको हामीलाई बानी परेको हुँदैन । यसले हाम्रो शरीर भित्रका ग्यासलाई फैलाउँछ । जसकारण हामीलाई पेट फुल्ने, विचलित भएको जस्तो र ग्यास बढीरहेको महसुस हुन्छ । त्यसैगरी लामो समय विमानको यात्रा गर्नुले हाम्रो कानमा पनि उत्तिकै असर पारिरहेको हुन्छ । हावाको चापमा लगातार बदलाव आइरहँदा हाम्रो कानलाई सन्तुलनमा आउन कठिन भइदिन्छ । यसैकारण हामीलाई कान दुखेको जस्तो र घरिघरि पड्किएको जस्तो लाग्छ । यसबाट राहत पाउन हामीले नाक बन्द गरि निल्न खोज्नुपर्छ ।

तर नाकबाट हावा फाल्ने प्रयास गर्यो भने चाहिँ त्यसले उल्टै हाम्रो कानको जालीमा गम्भीर क्षति पुर्याउन सक्छ । – बिजनेस इन्साइडरबाट




सम्बन्धित समाचार


error: Content is protected !!