भगवान नै ठगिए पछि

डोल्पा ः डोल्पा मुड्केचुला गाउँपालिका ६ मा निर्माण गरिएको मन्दिरमा नै ठगि भएको आरोप लागेको छ । मन्दिरको नाममा छुटयाइएको वजेट बाट निर्माण गरिएको मन्दिर हेर्दा सिधा ठगि भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
प्रदेश सरकारको आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं ५ र ६ मा पर्ने भु भागमा उपभोक्ता समिति मार्फत ३० लाखको बजेटमा मन्दिर बन्यो तर मन्दिर बजेट अनुसारको बन्न सकेको भने छैन ।
स्थानीयले मन्दिरको नाममा बजेट हिनाबिना गरेको आरोप लगाएका छन । बजेट अनुसार मन्दिर नबनेको उनिहरुले गुनाशो समेत गरेका छन । स्थानीय नबराज शाहीले त फेसबुकमा यहि हो ३० लाखको मन्दिर भनेर ब्यङग्य समेत गरेका छन । यो बिषयमा गाउँपालिका अध्यक्ष दत्त शाहीसंग प्रतिक्रिया लिन खोज्दा उनले दिएका छैनन ।
मन्दिरको योजना प्रदेश सरकारको हो – अध्यक्ष शाही
मुडकेचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले मन्दिरको योजनामा आफनो गाउँपालिका जिम्मेबार नरेहेको बताए छन । उनलेृ प्रदेश सरकारको बजेट भएकोले कसरी पर्यो कुन आधारमा पर्यो यसका बारेमा आफु जानकार नभएको बताए ।
अध्यक्ष शाहीले प्रदेश सरकार अन्तर्गतको योजना भएकोले गाउँपालिकाले केहि गर्न नसक्ने जिकिर गनुभयो । अध्यक्ष शाहीले पालिका मुकदर्शक बन्नुको बिकल्प नरहेको समेत बताउनुभयो ।
प्रदेश सरकारले पालिकासंग समन्वय नगरेर हस्तक्षप गरेका कारण यस्तो अबस्था आएको उहाँको भनाई छ । अबका कामहरुमा संघ र प्रदेश सरकारले स्थानीय निकायसंग समन्वय गरेर बिकासे काममा जोडिनु पर्ने अध्यक्ष शाही तर्क छ ।
यस्तो छ स्थानीय नबराज शाहीले पोस्ट गरेको तस्वीर कुशेन्यूजमा समाचार छ ।










