जाजरकोटमा पाँच प्रकारका गिद्धका जाती फेला

जाजरकोट ,  प्रकृतीको कुचिकारो रुपमा रहेको गिद्धको जाजरकोटमा नयाँ जात फेला परेको छ । लोपोन्मुख गिद्धहरुको उर्वर भुमि जस्तै देखिएको जाजरकोटमा फेरि अर्काे जातीको गिद्ध भेटिएको छ ।

समुद्र सतह देखि एक हजार सात सय मिटरको उचाइ रहेको जिल्लाको वारेकोट गाउँपालिका – १ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा रहेर चरा तथा अन्य लोपोन्मुख जन्तुहरुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दवहादुर सिंहका अनुसार वारेकोट गाउँपालिकाको जंगलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराको रुपमा रहेको छ ।

अरु गिद्धहरु भन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराइ भेगमा पाइने भएपनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताउनुभयो । सिंहले पन्छी विज्ञहरुले राज गिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धहरुले यसलाइ आक्रमण गर्न नसक्ने स्वभाव भएको चराको रुपमा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

यस अघि जाजरकोटलाइ वासस्थान वनाएका सेतो गिद्ध, हार्डफोर्ड गिद्ध, सुनगिद्ध र हिमाली गिद्धहरु गुड सहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनास तथा सिनोमा विषादी मिसिएका कारण गिद्धहरुको संख्या घट्दो रुपमा रहेको पन्छी विज्ञहरुको भनाइ छ ।

गिद्ध संरक्षणका लागि आहाको व्यवस्थापन र सिमलाका रुखहरुको संरक्षण गर्नु पर्ने उनीहरुको सुझाव छ । जाजरकोट जैविक विविधताका हिसावले निकै सम्भावना र अवसर भएको जिल्ला भएको हुनाले यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रिय स्तरको कार्यक्रम वन्न जरुरी रहेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले बताउनुभयो ।

उहाँले गाउँपालिका स्तरवाट हुने कार्यक्रम सानो हुने र केन्द्रीय स्तरवाट नै महत्वका साथ जाजरकोटमा पाइएका र पाइने सक्ने जीवजन्तु तथा चराहरुको खोजी र संरक्षणमा विशेष चासो र पहलको खाँचो रहेको बताउनुभयो । जाजरकोटमा विश्वकै दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पंक्षी चिरकालीज लगाएत अन्य जीव जन्तुहरु पाइएका छन् ।

स्थानीय जनता, सरकार र सरोकारवालाहरुले जाजरकोटको जैविक विविधता र यहाँ भेटिएका विश्वकै दुर्लभ पंक्षी तथा जनावरहरु वचाउन तथा वृद्धि गरेर विश्वलाइ नै सन्देश दिन सकिने पन्छी तथा जनावरहरुको खोजी तथा संरक्षणकर्ता गोविन्द्र सिंहले बताउनुभयो । उहाँले सवैको पहल र चासो हुने हो भने जाजरकोट निकै महत्वपुर्ण दुर्लभ पन्छी तथा जनावरहरुको पर्यटकीय गन्तव्य वन्न सक्ने बताउनुभयो ।

वन्यजन्तु , पंक्षी संरक्षणका लागि के गदै स्थानीय तह ?

लोपोन्मुख पंक्षी तथा जनावारको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाईएको छ ।
वन तथा वातावरण मन्त्रालयले जाजरकोटका बारेकोट गाउँपालिका , नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषण गर्नका लागि अध्ययान कार्य पुरा गरीसकेको छ ।

स्थानीय सरकारले मन्त्रालयसँग सहकार्य गरी आफ्नो ठाउँको वन्यजन्तु तथा पंक्षी संरक्षणका लागि खासै चाँसो नदेखाएको अध्यायनकत्र्ता गोविन्दबहादुर सिंहले आरोप लगाउनुभयो कुशेपालिकाको सहयोगमा ।




सम्बन्धित समाचार


error: Content is protected !!