अर्गानिक उत्पादन गर्न कृषकलाई तालिम

हेमन्त केसी
जाजरकोट ,  कर्णाली प्रदेश सरकारले लिएको उदेश्यलाई पुरा गर्न जाजरकोटका स्थानीय तहहरु जुटेका छन् ।  अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सफल पार्नका लागि यहाँका स्थानीय तहले बिभिन्न क्रियाकलाप गदै कामलाई तिव्रता दिएका छन् ।

जिल्लाको शिवालय गाउँपालिका र कुशे गाउँपालिकाले यो अभियानलाई तिव्र बनाउदै कृषकलाई तालिम दिन सुरु गरेका छन् । अध्यक्ष कृषि प्राविधिमैत्री कार्यक्रम लागु गरेर शिवालय गाउँपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको प्रमुख प्रशाषकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो । ।


गाउँपालिका भरीका कृषकलाई अगुवा कृषकहरुलाई तालिम दिएर गाउँपालिकाले अर्गानिक उत्पादनका साथै जैविक विषादी उत्पादन र रासानिक विषादी निषेदको काम थालनी गरेको छ । स्थानीय जातका तितो , टरो जातका झारपातबाट जैविक विषादी निर्माण गरी अर्गानिक उत्पादन गर्न लागिएको शिवालय गाउँपालिका कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिनुभयो ।

जैविक विषादी बढी उत्पादन गर्ने कृषकले प्रति बोतल रु १५ का दरले विक्री , वितरण गर्ने अभियान समेत चलेको उहाँले बताउनुभयो । पहिलो चरणमा ७५ जना अगुवा कृषकलाई जैविक विषादी निर्माणको सिप सिकाईको छ ।

त्यस्तै टिमुर खेती सम्वन्धी तालिम समेत कृषकलाई दिईएको छ । यो आर्थिक वर्षमा सानो बजेटबाट सुरु गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर अर्को वर्ष वजेट थप, घटको बाटो अगाडी बढ्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

त्यस्तै एक घर , एक करेशावारी कार्यक्रम समेत सुरु गरिएको छ । आफ्नै बारीमा तरकारी उत्पादन गरी अर्गानिक स्वाद लिनको लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । कृषकहरुलाई वेमौसमी तरकारीबालीको विउँ बिजन समेत वितरण गरिएको छ । चैत महिना भित्र यहाँका सवै कृषकहरुको खेतबारीको माटो जाँच गरिन लागिएको छ ।

उत्पादन वृद्धी गरी अर्थउर्पाजन गर्न सहज होस भनि गाउँपालिकाले माटो जाँच गर्न लागिएको हो । त्यस्तै कुशे गाउँपालिकाले अर्गानिक गाउँपालिका घोषण गर्नका लागि विषादी प्रतिवन्ध लगाएर काम थालनी गरेको छ ।

कृषकलाई तालिम देखि उन्नतजातको बिउँ समेत वितरण गरिएको कृषि शाखाका धीरेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!