विप्लव समूहद्वारा शैक्षिक आम हडतालको घोषणा

जाजरकोट ः नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले फागुन १४ गते (बुधबार) शैक्षिक आम हडतालको घोषणा गरेको छ । बाँके जिल्ला अध्यक्ष डि बी शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
विप्लव निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० ले शैक्षिक हडतालको घोषणा गरेको हो । फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुद्धा लगाएको छ ।










