सडक निर्माण मात्र विकास होईन –मन्त्री बस्नेत

जाजरकोट ,वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुँने बताएका छन् ।
जाजरकोटको पश्चिमी क्षेत्रमा विकासको निर्माणको अनुगमण गर्ने क्रम्म छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । जिल्लामा खानेपानी , विद्युत , टेलिफोनको काम एक वर्ष भित्र पुरा हुने समेत मन्त्री बस्नेतको भनाई छ ।


पुरानो निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद गरेर नयाँ ठेक्का प्रक्रिया सुरु गरेर टेलिफोन टावरको काम सुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । कच्ची कटान भएको सडकमा पिचको काम सँगै बढाएर लैजाने समेत उहाँको भनाई छ । चुनाव जितेर मन्त्री भएपछि दोस्रो पटक पश्चिम जाजरकोटमा पुगेका मन्त्री बस्नेल जिल्लाको सवै काम हुँदै गएकोले निरास नहुँन समेत आग्रह गनुभयो ।
जिल्लाका दुई ठाउँमा १५ शैयाका नगरअस्पताल निर्माण कार्य सुरु भईसकेको उहाँको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!