मन्त्री वस्नेतद्धारा सडक निरीक्षण


जाजरकोट , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गर्नुभएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौर देखि छेडागाड नगरपालिका –३ दशेरा सम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्ग सँग जोडिएको पश्चिम जाजरकोटमा मन्त्री बस्नेतले मध्यपहाडी लोकमार्गका साथै जाजरकोट –जुम्ला जोड्ने सडकको निरीक्षण समेत गरिएको छ । मन्त्री बस्नेतको सडक निर्माण तथा विद्युतिकरण चुनावी नारा रहेको थियो ।

अहिले मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य तिव्र बनाएको समयमा मन्त्री वस्नेतको स्थलगत निरीक्षण तथा स्थानीय जनताको गुनासो सुन्ने कामलाई तिव्रता दिनुभएको छ । संघीय सरकारबाट छुट्याएको रकम तथा स्थानीय तथा प्रदेश सरकारबाट बिनियोजन गरिएको वजेटबाट प्रतिफल अर्थात नतिजा समेत विश्लेषण गर्न मन्त्री बस्नेत यहाँ पुगेको बताउनुभयो ।
मन्त्री बस्तेतलाई स्थानीयले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए ।

कच्ची कटान भएको सडकलाई छिटो पिच गरी सडकलाई व्यवस्थित बनाउन समेत आग्रह गरेका छन् । अनुगमण तथा निरीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्ण शान्ति तथा पुर्ण निर्माणमन्त्री सत्य पहाडी , राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ , प्रदेशसभा सदस्य करबीर शाहीको समेत सहभागीता रहेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायत जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख लाई सडक अनुगमणमा सहभागी गराएको छ । जिल्लाको विकास निर्माणमा ध्यान दिन र जनताको गुनासो तत्काल सुनुवाई गर्न मन्त्री बस्नेतले सरकारी निकायलाई निर्देशन समेत दिनुभएको छ ।





error: Content is protected !!