नेपालपोष्टका सम्पादक केसी सहित राससका १० जना उत्कृष्ट समाचारदाता घोषित

काठमाडौँ ः राष्ट्रिय समाचार समिति(रासस)ले नेपालपोष्ट खवरकाका प्रधानसम्पादक हेमन्त केसी लगायत अन्य पत्रकारहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

केसी विगत १५ वर्ष देदि पत्रकारितामा आवद्ध छन् । राससमा १० वर्ष देखि कार्यरत केसी नेपालपोष्टमा आवद्ध छन् । राससले सातै प्रदेशका आफ्ना स्थानीय समाचारदाताहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सोअनुसार प्रदेश नं १ का भोजपुर समाचारदाता युवराज विष्ट, २ नं महोत्तरीका सञ्जीतकुमार मण्डल, वाग्मती प्रदेशका रिपेश दाहाल, गण्डकी प्रदेशकी जमुनावर्षा शर्मा, ५ नं परासीका मोहन पौडेल, कर्णाली प्रदेश जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिम डोटीका विमलबहादुर विष्ट पुरस्कृत हुनुभएको छ ।
उहाँहरुलाई राससको ५९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा बुधबार आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । उहाँहरुले जनही रु १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुहुने छ । त्यस्तै देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा सारङ्गीको धूनमा विकास र चेतना, तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटा र श्रव्य सामग्रीमा केन्द्रीय कार्यालयकै उपसमाचारदाता नारायण ढुङ्गाना चयन हुनुभएको छ । उहाँहरुलाई पनि जनही रु १५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । यसअघि उत्कृष्ट समाचारदाता, आलेख समाचारदाता, फोटोग्राफर र श्रव्यसामग्री सङ्कलकलाई जनही रु पाँच हजार दिने गरिएको थियो ।





error: Content is protected !!