कुपोशनबाट जोगाउन किसोरीलाई आईरन चक्की

हेमन्त केसी
जाजरकोट ,  किसोरीलाई जोगाउनका लागि जाजरकोटका सातै स्थानीय तहमा रहेका विद्यालयमा आईरन चक्की खुवाउने अभियान सुरु भएको छ ।
१० वर्ष देखि माथी १९ वर्ष सम्मका सवै किसोरीलाई आईरन चक्की खुवाउन लागि यो अभियान सुरु भएको हो । संघीय सरकारको विशेष अनुदानमा यो कार्यक्रम सुरु भएको हो । वर्षमा १३ हप्ता सम्म लगातार आइरन चक्की किसोरीलाई उपलव्ध गराउने नीतिहरु यो अभियान सुरु गरिएको नलगाड नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख प्रचण्ड कार्कीले जानकारी दिनुभयो ।
विद्यालयमा आईरन चक्की खुवाउनका लागि प्रधानाध्यापक र स्वास्थ्य विषयमा पढाउने शिक्षकलाई खुवाउने विधिका विषयमा प्रशिक्षण दिईएको छ । त्यस्तै विद्यालय आउन छुटेका वा विद्यालयमा पढाईबाट बन्चित रहेका किसोरीका लागि महिला स्वंयमसेविकाद्धारा घरमै आईरन चक्की खुवाउने कार्यक्रम समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । रक्तअल्पत्ताबाट बच्का लागि किसारीहरु आईरन चक्की उपलव्ध गराउने काम सुरु गरिएको हो ।
जाजरकोटका ६६ माध्यमिक विद्यालय , ७९ निम्न माध्यमिक विद्यालयमा पढ्ने किसोरीहरु समेटिएका छन् । महिनावारी हुदा , गर्भवती हुँदा समस्य नहोस भनेर आईरन चक्की खुवाउन लागिएको हो ।
शिक्षा विकास समन्वय ईकाईका का प्राविधिक सहायक तथा सूचना अधिकारी तिलक भट्टाईले दिएका जानकारी अनुसार शैक्षिक योजना तथा व्यवस्थापन प्रर्णालीमा उल्लेख तथ्यांकका आधारमा निम्न माध्यमिक विद्यालय तहका पढ्ने छात्राको सङ्ख्य ८ हजार ५९१ , माध्यमिक तहका ४ हजार ६०६ जना छात्राहरु रहेका छन् ।
सवै स्थानीय तहका स्वास्थ्य तथा सरसफाई शाखाले यो कार्यक्रम विद्यालय तथा गाउँ , गाउँमा लागु गरेका छन् । कुपोशनकै कारण बालमृत्युदर बढेको भन्दै सो कार्य रोक्न समेत यो अभियानले महत्वपुर्ण भूमिका खेल्ने छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।
दैनिक घरियासी कामका साथै विद्यालय आएर पढ्नुपर्ने समस्यका कारण यहाँका दुर्गम क्षेत्रका किसोरीहरुमा शारीरिक समस्य देखिएको भन्दै स्थानीय सरकारले यो अभियान सञ्चालन गरेको हो । सात वटा स्थानीय तहले यो कार्यक्रम सफल बनाउका लागि शिक्षक तथा अभिभावकलाई समेत सक्रिय बनाएको छ । यो अभियानले यहाँका किसोरी तथा बालिकालाई स्वास्थ्य पर्ने समस्या हल गर्नका लागि ठुलो मदत गर्ने स्थानीय सरकारको दावी छ ।

पाठ्यपुस्तक विनै शैक्षिक सत्र सुरु
पाठ्यपुस्तक विना नै डोल्पाका आठ वटा स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । नयाँ शैक्षिक सत्र फागुन १ देखि सुरु भएको छ । पाठ्यपुस्तक विना नै विद्यालयमा भर्ना अभियान सञ्चालन भएको छ । विद्यार्थी भर्ना भएर पाठ्य पुस्तक विनै घर फर्किएको बताएका छन् ।

हरेक वर्ष डोल्पामा फागुनमा शैक्षिक सत्र सुरु भएर मंसिर अगावै शैक्षिक सत्र सकिन्छ । हिमाली जिल्ला भएकाले सरकारले नै फागुनमा शैक्षिक सत्र सुरु गराएको हो । जाडो महिनामा व्यापक हिउ“ पर्ने र चिसोमा पठन पाठन हुन नसक्ने भन्दै न्यानो सुरु भएपछि शैक्षिक सत्र सुरु गर्ने र जाडो सुरु नहु“दै शैक्षिक सत्र समापन गर्ने गरिन्छ ।

फागुन १ देखि विद्यार्थी विद्यालय आइरहेका छन् । भर्ना अभियान चलिरहेको छ । फागुनको पहिलो हप्तासम्म भर्ना अभियान र त्यसपछि पठनपाठन सञ्चालनको तयारी भइरहेको छ । तर पाठ्यपुस्तकको भने अत्तोपत्तो छैन ।

माथिल्लो डोल्पाका तीन सहित जिल्लाका आठ वटै स्थानीय तहमा शैक्षिक सत्र सुरु भएको छ । जिल्लामा २ नगर तथा ६ गाउ“पालिका छन् । ठूलीभेरी नगरपालिका र त्रिपूरासुन्दरी नगरपालिका छन् । डोल्पोबुद्ध, शे फोक्सुण्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्का ताङसोङ गाउ“पालिका छन् ।

अरु केही हिमाली जिल्ला सहित डोल्पामा पनि फागुन १ गतेदेखि नै नया“ शैक्षिक सत्र सुरु हुन्छ । ठुलीभेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डिलप्रसाद रोकायले शैक्षिक सत्र सुरु भइसकेको बताउनुभयो ।

हरेक वर्ष सरकारले पाठ्यपुस्तक र भर्ना अभियानको राष्ट्रिय अभियान वैशाख महिनालाई लक्षित गरी मात्रै तय गर्ने भएकाले समस्या भइरहेको रोकायको भनाई छ । नया“ शैक्षिक सत्र वैशाखलाई मान्ने र भर्ना अभियानको नारा र अभियान पनि वैशाख महिनालाई लक्षित गरी सञ्चालन गरिने भएकाले डोल्पा लगायत फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लाले समस्या व्यहोरीरहेको रोकायले बताउनुभयो ।

पाठ्यपुस्तक छाप्ने काम पनि वैशाखलाई लक्षित गरिएको हुन्छ । तर साझा प्रकाशनका अधिकृत विक्रेताले जति सक्यो छिटो पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता गरेको रोकायले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!