छेडागाडमा एम्बुलेन्स

जाजरकोट ः जिल्लाको छेडागाड नगरपालिका एम्वुलेन्स सेवा सुरु गरेको छ । रु १० लाखमा एम्बुलेन्स खरिद गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको सूचना अधिकारी देवबहादुर बुढाले जानकारी दिनुभयो । नगरपालिका भित्रका नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई सहज बनाउन एम्बुलेन्स खरिद गरिएको अधिकारी वुढाको भनाई रहेको छ ।
एम्बुलेन्स संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधी निर्माण गरेर एम्बुलेन्स संचालन गरिएको हो ।










