नयाँदिल्लीमा राजपा नेताको लस्कर, सरकारमा सहभागी हुने चर्चा

काठमाडौं । संघीय सरकारमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सँग नजिक रहेको चर्चा चलिरहेका बेला राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादव नयाँदिल्ली पुगेका हुन ।
पाँच दिनअघि भण्डारी, तीन दिनअघि महतो र एक दिनअघि यादव नयाँदिल्ली गएका हुन ।
दुईमहिना अघि राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर गएर फर्किएपछि तीन नेता दिल्ली गएका हुन ।
केही दिनभित्रै अर्का नेता महेन्द्रराय यादवसमेत दिल्ली जाने राजपा स्रोतको भनाइ छ । राजधानी दैनिकबाट






