पुर्जी विना धमाधम रुख फडानी

हेमन्त केसी
जाजरकोट , ५८ प्रतिशत राष्ट्रिय वन र ३६ प्रतिशत सामुदायिक वन रहेको जाजरकोटमा पुर्जी विन रुख काट्ने क्रम जारी रहेको छ ।
सामुदायिक वन समुहको मिलेमत्तोमा विना पुर्जी जथाभावी रुख कटान हुँदा समस्य हुँदै आएको हो । आधुनिक खालका मेसिन प्रयोग गरी जथाभावी अनुमती विना रुख कटान गरी व्यापार गर्ने व्यवसाय मौलाएको स्थानीयवासीको आरोप छ । जाजरकोटमा २८४ वटा समुदायिक वन समुह छन् ।
सो भन्दा बाँकी सवै राष्ट्रिय वन रहेकको छ । गाउँ , गाउँका सामुदायिक वनका समुहसँग मिलेर आधुनिक मेसिन प्रयोग गरी रुख कटान गरी विक्री वितरण गर्ने क्रम बढेको छ । सामुदायिक वन समुहको भेला तथा वैठकबाट अनुमती लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समुहको निर्णयबाट सँयूक्त रुपमा टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ जथाभावी रुख काट्ने कार्य निरन्तर चलिरहेको छ ।
अधिकांश स्थानीयवासीहरु सामुदायिक वन समुह सँग पुर्जि लिएर रुख काट्दै गरेको पाइएको छ । डिभिजन वनसँग सहकार्य नै नगरी समुहसँग मिलेर रुखहरु धमाधम काट्ने गरेको तथ्य सार्वजानिक भएको हो । आईतबार मात्र कुशे गाउँपालिकाबाट भिभिजन वन कार्यालयले १२ जना काठ तस्कारलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ ।
स्थानीय तहको व्यवस्थाका कारण झन समुदायिक वन समस्यमा परेको छ । अनुमती विना जथाभावी रुख काट्नेलाई कुनै पनि हालतमा नछाडिने डिभिजन वन जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।
सदरमुकाम केन्द्रीत वन कर्मचारी
डिभिजन वन कार्यालय मताहातका कर्मचारीहरु सदरमुकाम स्थित जिल्ला कार्यालयको आँखा छल्दै सदरमुकाम बस्दै आएका छन् ।
गाउँमा वन्यजन्तु चोरी निकासी, काठ फडानी भारी मात्रामा भईरहेको भएपनि कर्मचारीहरु स्थानीय तहबाट सदरमुकाम आई व्यक्तिगत काममा व्यस्त हुँने गरेको पाईएको छ । गाउँ , गाउँमा सामुदायिक वन तथा राष्ट्रिय वनमा चोरी , निकासी भएपनि कर्मचारीहरु भने फिल्डमा नखटिने समस्यले काम कुरो एकातीर , कुम्लो बोकी ठिमी तीर भनेझै भएको छ ।
दरवन्दी अनुसारका कर्मचारी नहुँदा काम गर्न समस्यमा परेको डिभिजन वन कार्यालय भएका कर्मचारीहरुले पनि कामचोरी प्रवृती देखाउदा समस्यमा परेको छ । फिल्डमा खटिएपनि काठ तस्करसँगै मिलेर काममा वेईमानी गर्दा विश्वास समेत घटेको स्थानीयबासीको आरोप छ ।










