धारामा पानीको सट्टा बियर आएपछि

Work continues on the London Olympic Park site on August 8, 2008 in London, England. On the opening day of the Olympic games in Beijing, construction work in London is in its early stages.

एजेन्सी ः दक्षिण भारतको केरेलाका वासिन्दाहरुको धारामा पानीको सट्टा बियर आउन थालेपछि सबै अचम्मित भएका हुन् ।

सामुदायिक इनारमा मदिरा लिक हुँदा पानीको सप्लाइमा मिसावट भएपछि वरपरका वासिन्दाहरुको घरमा मदिराको धारा बग्न थालेको हो ।

सोलोमन्स एभिन्यु अपार्टमेन्टमा बसोबास गर्ने मानिसहरुले धाराबाट गाढा रङ्को तरल बग्न थालेपछि चकित हुँदै यसबारे खबर गरेका हुन् । विगत ४७ वर्षदेखि सो आपर्टमेन्टमा बस्दै आएका जोसी मलिकल भन्छन्, “हामीले पानीको मोटर अन गर्दा धाराबाट खैरो पानी बग्न थाल्यो । यसपछि हामी यसको जाँच गर्न जाँदा ट्याङ्कमा तेल जस्तै देखिने पदार्थ पानीको माथि तैरिरहेको पाएका हौँ र त्यसबाट कडा गन्ध पनि आइरहेको थियो । ”

मलिकलका अनुसार नजिकैको रचना बार एण्ड होटलमा अघिल्लो दिन केही कामदारहरुले मदिरा व्यवस्थित गर्न ठूलो खाल्डो खनिरहेका थिए । केरेलाका अधिकारीहरुका अनुसार सो होटलमा कूल ६ हजार लिटर बिग्रिएको मदिरा स्टोर गरि राखिएको थियो । सिएनएनसँग एक स्थानीयले भने, “ती मदिराहरु २०१४ देखि एक्सपायर भइसकेका हुन् । त्यसैले तिनैको व्यवस्थापन गर्न हामीले नजिकै खाल्डो खनेका थियौँ । तर दुर्घटनावश् मदिरा नजिकैको इनारसम्म पुगेर त्यहााको पानी दुषित गराएछ । त्यहीँबाट मिसावट अपार्टमेन्टमाको सप्लाइसम्म पुगेको हो ।” परिणाम स्वरुप अपार्टमेन्टको सिंकमा पानीको सट्टा बियर, ब्रान्डी र रम बग्न थालेको हो ।

सो अपार्टमेन्ट कम्प्लेक्समा बस्ने १८ परिवारले अहिले स्थानीय नगरपालिका समक्ष गुनासो गरेको मलिकलले बताए । उनी भन्छन्, “नगरपालिकाले हामीलाई यो घटनापछि ५ हजार लिटरसम्म पानी प्रदान गरिसकेको छ तर यति धेरै मान्छेहरका लागि सो मात्रा कुनै हालतमा पर्याप्त छैन । उनीहरुले पहिले नै सो जमिन बारलाई दिनुहुने थिएन । अहिले पानीको अभावले हामीलाई कठिन अवस्थामा पुर्याएको छ । ” २०१४ मा केरेलामा मदिराको कारोबार निषेधित गरिएको थियो तर सो प्रतिबन्ध २०१७ देखि फेरि हटाइएको हो । सीएनएन





error: Content is protected !!