मिडियाबाट भाग्दै स्थानीय सरकार

सम्पादकीय
सदरमुकामबाट गाउँ पहिलेको जस्तो छैन । नितान्त भिन्न र फरक पनि छैन । बरु हाम्रा भुमिका र कामहरु भने पक्कै फेरिएका छन् । हिजो गाउँमा भलादमी बस्थे , निसाव दिन्थे , अहिले स्थानीय सरकार गठन भएसँगै न्यायिक समिति गठन गरि वैद्यानिक विधिबाट न्यायको दिने बाटो सोझिएको छ ।
बैद्यानिक रुपमा न्याय दिने ठाउँ नै जनतालाई न्याय कति दिलायो वा कति त्यहाँ सम्म न्याय लिन पीडित आए त्यो अर्को वहसको कुरा बनेको छ । पालिकाको प्रशासकीय केन्द्रमा न्यायिक समितिको कार्यालय रहेको छ , तर त्यो कार्यालयले के न्याय दिन्छ र कस्तो न्याय पाइन्छ भन्ने कुरा सोही ठाउँमा स्थानीयलाई थोरै भएपनि जानकारी नभएको पाईएको छ । बन्द कोठामा ईजलास बनाउदेमा न्याय लिन पीडित आउने भन्ने कुरा पक्कै होईन् । न्याय दिने ठाउँ भएको अनुभूति सवैले गर्ने गरी जानकारी हुँनु अर्को महत्वपुर्ण कुरा हो ।
हिजोका दिन जस्तै न्यायिक समिति भन्दा प्रहरी चौकीमा बढी उजुरी जाने गरेका छन् । किनकी प्रहरीका कहाँ गए न्याय छिटो पाईन्छ भन्ने आम नागरिकमा धारणा छ । स्थानीय सरकारले गठन गरेको न्यायिक समितिका विषयमा सर्वसाधारणलाई खासै जानकारी नै नहुँदा प्रहरी सम्म अधिकांश उजुरी पुग्ने गरेका छन् । स्थानीय तहका वडा अध्यक्षहरु बिभिन्न व्यक्तिगत काममा व्यस्त हुँदा हिजो दिन जस्तै गाविस सचिव खोज्न सदरमुकाम आउनुपर्ने बाध्यता अहिलेका वडा अध्यक्ष खोज्न समय लाग्ने गरेको छ ।
सूचनाको पहुँचमा छैन्न जनता ?
जाजरकोटका सात स्थानीय तह मध्य भेरी नगरपालिका , नलगाड नगरपालिकामा मिडियाको पहुँचमा भएपनि अन्य स्थानीय तहमा मिडियाको पहुँच नभएको स्पष्ठ देख्न सकिन्छ । मिडियाको पहुँन नहुँनु भनेको आम नागरिकले आउने जानकारी बाट बन्चित हुँनु हो । स्थानीय तहका कर्मचारी देखि जनप्रतिनिधिहरु सम्म हामीले काम गर्ने हो सूचना बाँड्दै हिड्ने होईन् भनि ठाडो जवाफ दिदै हिड्ने गर्नुभएको बिभिन्न फोरममा उठ्ने गरेको छ । स्थानीय तहमा भएगरेका कामको समेत जानकारी माग्दा आज , भोली भन्दै पन्छिने काम स्पष्ठ सँग देख्न सकिन्छ ।
स्थानीय तहले कार्यापालिकाको निर्णयबाट योजना वितरण गदै आफै अनुगमण गरेको देखिन्छ । योजना अनुगमण गर्दा पत्रकार , नागरिक समाजलाई सहभागी नै नगराउदा यहाँ के भएको छ भन्ने सामान्य जानकारी जनताले थाहा पाउदैन्न । आफै योजना दिने र आफै अनुगमण हुँदा यहाँ के भएको होला , सिधा अनुमान गर्न सकिन्छ ? स्थानीय तहबाट हुने कामहरु मिडियामा कहिले पनि सूचना , जानकारी दिने गरिदैन बरु फेसवुकमा वेहोरा नमिलको दुई हरफ आफै खुव प्रसंसाले भरिएको वाक्य पस्किएको देखिन्छ । सूचना , जानकारी माग्ने पत्रकार , सर्वसाधारणलाई विरोधीको संज्ञा दिईन्छ ।
यसरी स्थानीय तहमा फस्टाएको गजवको लोकतन्त्रले आम नागरिकलाई वेफाईदा नगरी स्वायम स्थानीय तहलाई घाटा हुँने गरेको छ । आफुले गरेको कामको विजनेस गर्न नसक्ने स्थानीय सरकार र सूचना लुकाएर धनी धनी बन्ने लाटो चलनका कारण स्वयम स्थानीय सरकारलाई घाटा लागेको छ । राम्रो भन्दा नराम्रो सूचना छिटो विक्ने अहिलेको समयमा त्यसैको मारमा स्थानीय सरकार आफ्नै कारणले पछि परेको देखिन्छ । स्थानीय सञ्चार माध्यमलाई सूचना दिनुको ठाउँमा फेसवुकमा कहिलेकाँही सूचना राखेर स्थानीय तहको गज्जवको रमिता हेर्न सकिन्छ ।
मिडियाको महत्व नवुझेर पछि परेका जनप्रतिनिधि
आफुले गरेका काम भन्दा पनि कार्यक्रममा गएर आफ्नो तस्वीर फेसवुकमा रंगाउने चेतनाबाट ग्रासित जनप्रतिनिधिका कारण भएका कामको पनि प्रचार हुन नसकेको पाईन्छ । कामको बारेमा जानकारी माग्दा तपाईहरुले थाहा नपाएर के भो र ? जनताले थाहा पाएका छन् भन्ने चेतनाबाट विकास भएका हाम्रा नेतृत्वका कारण सधै जनतालाई सूचनाबाट बन्चित गरेको देखिन्छ ।
सूचना , जानकारी र कामहरु जती धेरै वितरण गर्र्यो उती नै धनि बनिन्छ भन्ने सामान्य हेक्का नहुँदा भए गरेका काम समेत सवैका सामुमा आउन नसकेको देखिन्छ । स्थानीय तहमा बोलपत्र आवह्वानका सूचनाहरु समेत जिल्लामा सोही मिडियाको पत्रकार , एजेन्सी भएपनि मोटो रकम कमिसन खानाका लागि काठमाडौंका एजेन्सीलाई सिधै दिने गरेको पाईन्छ । यसले गर्दा स्थानीय मिडियाकर्मीसँगको सम्वन्ध झन दुर हुँदै गएको छ । नाफामुखी व्यवहार र कमाउ धन्धाका कारण पत्रकार र स्थानीय तहको बीचमा भारी खाडल देखा परेको छ ।
सवै विषयमा पोख्त तर जानकारी विहिन कर्मचारी
स्थानीय सर्वसाधारणलाई सवै कुराको पोख्त भएको जस्तो उद्धी जारी गर्ने कर्मचारी तन्त्रका कारण समस्य बढ्दै गएको छ । हरेक विषयमा जानकारी छ भन्ने हल्ला गदै जाने तर जानकारी नाममा शुन्य सम्म थाहा नपाउने परिपाटीका कारण स्थानीय तह खाडलमा पुगेका छन् । आफै भए गरेका कामको जानकारी दिने ठाउँमा माग्दा सम्म पैसा रिण मागेजस्तै गर्ने व्यवहारका कारण स्थानीय तहले आफ्नो कामको आफै खाडल खन्दै गरेको देखिन्छ । एकाध मान्छेलाई फाईदाका कारण च्यापेर हिड्ने तर सुशाषणको शुन्य कार्य अवलम्वन नगर्दा दैनिक काममा बाधा पुग्दै आएको छ ।
हेमन्त केसी










