जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसलाई ६ रोपनी जग्गा दिने मन्त्रिपरिषदको निर्णय

जाजरकोट ः माघ २० गते बसेको मन्त्रिपरिषदले जाजरकोट भेरी नगरपालिका ३ स्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पसलाई राष्टिय वन क्षेत्रको ७ रोपनी जग्गा दिने निर्णय भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । क्याम्पसलाई जग्गा अभाव हुँदा भौतिक संरचना निर्माण गर्नका लागि समस्य हुँदै आएकोमा यो निर्णय सँगै अव सहज भएको छ । यस्तै भेरी नगरपालिका ५ मा १११९०.२९ वर्ग मिटर जग्गा जाजरकोट बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय समेत भएको छ ।











