जाजरकोटमा अनलाईनबाट विल भुक्तानी

पुष्पा सिंह

जाजरकोट ः नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रले आफ्ना ग्राहकलाई लक्षित गरी अनलाईनबाट विद्युत महसुल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।

आजबाट लागु हुँने गरी प्राधिकरणले अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कार्यालयका महेन्द्र सिंहले जानकारी दिनुभयो । सदरमुकाम देखि बाहिरका उपभोक्ताका लागि यो कार्यले राहत पुगेको छ । घरमै बसेर इसेवाबाट महसुल भुक्तानी गर्न सकिने भएको छ ।

त्यसै गरि विद्युत प्राधिकरण जाजरकोटमा एम पावर सिस्टम पनि जडान गरिएको छ जसबाट कार्यलयमा आइ विद्युत महशुल बुझाउने ग्राहकले पनि छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्राप्त गर्नेछन ।




सम्बन्धित समाचार


error: Content is protected !!