शिवालय गाउँपालिका आफ्नै भवनमा

जाजरकोट ः शिवालय गाउँपालिका भाडामुक्त भएको छ । आफ्नै भवन निर्माण कार्य सम्पन्न गरेपछि गाउँपालिका भाडा मुक्त भएको हो ।
रु ५० हजार मासिक तिदै आएकोमा गाउँपालिका अव आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि भाडा मुक्त भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले सवै वडामा यसै आर्थिक वर्ष भित्र सवै वडा कार्यालय निर्माण कार्य सम्पन्न गरीसक्ने उहाँले जानकारी दिनुभयो । प्रति वडामा करिव रु ५० लाखमा वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न हुन लागेको प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो ।

९ वटा वडा कार्यालयहरु निर्माण कार्य सम्पन्न भएसँगै जिल्लाको पहिलो भाडामुक्त स्थानीय तह हुने छ । यसैगरी जिल्ला समन्वय समिति जाजरकोटको रु २० लाख र गाउँपालिकाको रु २८ लाख आर्थिक सहयोगमा सभाहल , प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएको शर्माले जानकारी दिनुभयो ।










