कर्णालीको स्वास्थ्य अवस्था बुझ्दै जिल्ला धाउदै राज्यमन्त्री रावत

हेमन्त केसी
जाजरकोट , कर्णालीमा कर्मचारी नआउने समस्या देखिएको वेला यहाँको स्वास्थ्य अवस्था बुझन स्वास्थ्य राज्यमन्त्री नवराज रावत जाजरकोट पुग्नुभएको छ ।

कर्णाली प्रदेशका जिल्लामा स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्थलगत अनुगमण तथा निरीक्षणमा पुगेको मन्त्री रावलले बताउनुभयो । उहाँले भन्नुभयो , “ सुर्खेत , रुकुम पश्चिम , सल्यान लगायतका जिल्लाका स्वास्थ्य संस्थाको निरीक्षण कार्य भईरहेको छ , स्थलगत रुपमा जिल्लाको समस्य बुझेर मात्र प्रभावकारी कदम चाल्न सकिने छ । ”

स्वास्थ्यकर्मीले सुगम मात्र रोजेर हुँदैन , सरकारी छात्रवृतीमा पढ्ने तर सुगम मात्र बस्न खोज्दा दुर्गमका जनताले कहिले स्वास्थ्य सेवा पाउँछन् भन्दै मन्त्री रावतले थप्नुभयो , “ खटाएको ठाउँमा नजाने तर मन्त्रालय वरीपरी घुमीरहने कर्मचारीलाई टुलुटुलु हेर्न सकिन्न ? बरु सेवा सुविधाका विषयमा हामी छलफल गर्न तयार छौं । ”


कर्णालीका सवै जिल्लामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरु बस्न नमान्दा समस्य आएको भन्दै मन्त्री रावतले यहाँ आउनेलाइ विशेष सेवा दिन लागिएको बताउनुभयो । सल्यान , सुर्खेत र रुकुम पश्चिमको अनुगमण गरीसकेका मन्त्री रावतले जहाँ पनि समस्याका भारी मात्र भेटिएको बताउनुभयो । कत्तै स्वास्थ्य संस्थाको अभाव , कत्तै स्वास्थ्यकर्मीको अभाव त कत्तै निर्माण व्यवसायीले काम नगरेको गुनासो प्रशस्त आएको छ उहाँले भन्नुभयो ।


जाजरकोट स्वास्थ्य सेवा कार्यालयले पनि औषधी खरिद देखि एम्वुलेन्सको समस्य सम्मका वेलिविस्तार मन्त्री रावतलाई सुनाएको छ । कर्मचारी नहुँदा काम गर्न समस्य भएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले तत्काल समाधान गरी कामको गती बढाउने कार्यमा चाँसो बढाईदिन मन्त्री रावतलाई आग्रह गनुभयो ।

त्यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले ५० शैयाको अस्पताल अवधारण त गरियो तर व्यवस्थापनका हिसावले सवै सेवा प्रवाह हुँन नसकेको बाउनुभयो ।





error: Content is protected !!