सात जना आफन्त गुमाएका जीवनले यसरी सम्झिए आफन्त

जाजरकोट ः (नेकपा) का कर्णाली प्रदेश कमिटि सदस्य नेता गगन खडका (जीवन)ले जनयुद्धमा सबै भन्दा बढी सहादत भएको भेरी नगरपालिका १ रिम्ना, पिपेबस्तीका महान सहिद कुन्तबहादुर खड्का र मनसरा खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

नेता खडका श्रदान्जली ब्यक्त गर्दै भन्नु हुन्छ, “तत्कालिन प्रतिक्रियाबादी शासकहरु संसार बदल्ने सपना बोकी देश र जनताको मुक्तिको सफत लिइ क्रान्तिमा होमियका तिमी जस्तै हजारौ यौध्दाहरुको हत्या गरि निरंकुशतामा रमाउन चाहन्थ्य। तिम्रो सपना अन्धकारमा उज्यालो छर्नु थियो भने दुष्ट शासकहरुको अन्धकारमा राज गर्ने सपना थियो। तिमी आफु मरेर उज्यालो छर्न चाहन्थ्यौ ,उनिहरु तिमी जस्ता सपुतहरुलाइ मारेर अन्धकारमै दुनियालाई कैद गर्न चाहन्थे। सपनाहरु भिन्न थिय उद्देश्यहरु फरक थिय”।

‘यिनै दुनिया बदल्ने सपना अनि उद्देश्य प्राप्तिको लडाइमा भाइ कुन्त तिमिले बीरगति प्राप्त गरेको आज २१ बर्ष पुगेछ। यो लडाइमा प्रतिक्रियाबादी जल्लदहरुले युध्दका नियमहरु पालना गर्ने कुरा त परै जावस आफ्नै नियम कानुनहरुको धोती लगाउदै निहत्ता तिमी दुबै जनालाइ गिरफ्तार गरि निर्ममता पुर्बक हत्या गरे। यता तिम्रो हत्याको खबरले हामी भावविहोल भयौ,हामी रोयौ,तिम्रा आफन्त रोय,संगिहरु रोय,बस्तिहरु र‍ोय।तिम्रो मृत्युबाट हामी महिनौ तड्पियौं’।

‘हामी समालियौं र तिम्रो मृत्युले पार्टीमा अपुरनिय क्षेति पुगेको निश्कर्श सहित तिम्रा सपना पूरा गर्ने संकल्प सहित अगाडि बढ्यौं। परिस्थिति निकै प्रतिकुल थियो,तथापि तिमी लगायत प्रथम शहिदहरु मानबहादुर रावल ,मानबहादुर ओली सहित कालीबहादुर बस्नेत,रतिलाल रावत,पदम रोकायको हत्या पछि हाम्रा भाई लक्ष्मण र भाञ्ज अर्जुनको हत्याले हाम्रो बस्ति उजाड भैसकेको भियो।मलाई स्मरण छ,बर्गसंघर्षको केन्द्र एक रमणिय बस्ति मसानघाटमा परिणत भैसकेको थियो।नितान्त मानव बिहिन र सुनसान।भाञ्ज अर्जुनको हत्याको बदला लिन तिमीहामी एम्वुस बस्दा जिल्लाका नेताकार्यकर्ताको भोग मेटाउने थलो । आफ्नै घरटोलमा पानी बिना कैयन दिन बितायको आज जस्तै लाग्छ’ ।

‘हाम्रा केही छिमेकि र आफन्त बाट पलानताका सुझाबलाई दुत्कारेको सम्झना छ।हाम्रै आफन्तको बलिदान अनि तिम्रो नेतृत्व क्षमता र शाहसले आम पार्टी पंतिलाई महान जनयुध्दमा अबिचलित रुपमा उभिन प्रेरित गर्यो।हुनत हामी पनि थियौ मुख्य त तिमी थियौ र त हाम्रै बस्ति बाट कैयन युवाहरु बलिदानको लाइन मा लागे र जनयुध्दको अन्तिम चरण सम्म आइपुग्दा २७ जनाले बलिदान गरे ,जो साबिकका वडाहरुको हिसाब गर्दा यो देशकै पहिलो वडा बन्न पुग्यो’।

‘बलिदान क्रान्तिको लागि अनिबार्य शर्त हो जो सबैको शब्दमा बुझाई र घोकाइको बिषय थियो र हुन्थ्यो तर जिबनमा मृत्युलाई स्वीकार गर्ने र जित्ने कुरा चानचुने कुरा थियन।कैयौले घुडा टेक्दा तिमीले मृत्यु रोज्यौ जीवन उत्शर्ग गर्यौ।सायद भुपी सेरचनको उध्दरण ह‍ो कि मलाइ पिउछ भन्नेहरु हो पियर त हेर पिउन कति गाहृो छ(मरेर सहिद हुनेहरु हो जियर त हेर जीउन कति गाहृो छ१ भाइ कुन्त तिम्रो शहादात पछि शुरु भय निकै दुखका दिनहरु,चाहे अन्तरसंघर्षका पिडादायीक्षणहरुमा होस या बर्ग संघर्षका का भिषनतामा तिम्रो अभाव खड्किदा कति रोयौं कति’१

‘तिमी जस्तै हजारौ अब्बल मान्छेहरुको बलिदानबाट राष्ट्रले केही उपलब्धीहरु हासिल गरेको छ।खासगरी तिम्रो हत्या गरि अध्यारोमा राज गर्न खोज्नेहरुका उद्देश्यहरु असफल भय।यद्येपी तिम्रा सपना पनि अझै अधुरै छन।तथापि म यति भन्न सक्छु तिम्रो बलिदान खेर जाने छैन।अपशोच मैले भन्नू पर्छ,आज कसैले तिम्रा सपना पूरा गर्न म प्रतिबध्द छु भनुन वा तिम्रो अभावमा आसु बगाउने नाटकनै किन नगरुन,न त यहाँ तिम्रा आफन्तका आसु पुछिने छन न त सपना नै साकार तर यति भन्न सकिन्छ तिमी आफु मरेर उज्यालो छोड्ने नक्षेत्र हौ,तिमी २१ बर्ष अघि अस्तायौ आज पर्यन्त तिमीले छोडेका प्रकाशका किरणले बस्तिहरुमा उज्याल‍ो छरीरहेछन।क्रान्तिको जग बसालेका छौ ढिलो चाडो क्रान्ति अबश्यम्भावी छ र तिम्रा सपनाहरुको सार्थकता सगै अमर बन्नेछौ। अन्तमा तिम्रा उद्देश्यहरु प्रति समर्पित हुदै अगाडी बढने प्रतिबद्धता गर्दछु’ ।





error: Content is protected !!