सहिदहरुको बीचमा ,जव कसम खाएर सांसद शर्मा रोए


हेमन्त केसी

जाजरकोट , ११ , माघ ः एघार जना परिवारका सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरी आँसु लिएर शनिबार विहानै सुर्खेतबाट जाजरकोट आउनुभयो ।
जाजरकोट सदरमुकाममा पार्टी कार्यक्रताको फुलमाला समेत ग्राहन नगरी हतारहतार भेरी नगरपालिका –१ रिम्ना स्थित सहिद स्मृती भवनमा पुगेर सहिदका तस्वीर साँची राखि मुठी कसेर तपाईहरुको सपना मेरो मुल बाटो हो भन्दै कार्यक्रता सामु उपस्थित हुनुभयो ।
सदरमुकाम खलंगामा कार्यक्रताको टिका र माला समेत ग्राहण नगरी रिम्ना पुगेका शर्माले सहिदको तस्वीरमा माल्यर्पन गरेर मात्र समर्थक , कार्यक्रताको टिका तथा माला ग्राहण गरेका थिए । भेरी नगरपालिका –१ वडामा मात्र जनयूद्धको समयमा ३५ जनाले ज्यान गुमाएका थिए । एकै वडाबाट दुई दर्जन भन्दा बढी मानिसको मृत्यु भएको नेपालकै पहिलो बस्ती रिम्ना, पिपे हो । जनयूद्धको समयमा जाजरकोटका तीन सय भन्दा बढीले ज्यान गएका थिए ।
सवै ज्यान गुमाएका सहिदहरुको तस्वीर रिम्ना स्थित सहित स्मृती भवनमा राखिएको छ । सहिद सम्झदै रिम्ना पुगेका शर्माले एकै परिवारका ७ जना आफन्त गुमाएकी ८२ वर्षीय अमृता खड्कासँग भेट गरेर सहिदको बाटो नभुल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खड्काले सांसद शर्मालाई भन्नुभयो , “ मेरो आफन्तले देखाएको बाटो र बाँकी कार्यभार पुरा गर्नु ? मेरो अन्तिम ईच्छा यही हो । ”
उहाँका यि बाक्य फुट्न नपाउँदै शर्माले गहभरी आँसु झादै भन्नुभयो , “ मेरा आफन्त , हजुरका आफन्त सवैले लिएको बाटोमा लाग्ने र सफल बनाउने हजुरको चाहना अधुरा हुँन दिन्न , मेरो सास रहुँन्जेल सम्म सहिदकै बाटोमा लाग्ने छु , । ” नेपाल कम्युनिष्ट पाटी (नेकपा)का कर्णाली प्रदेशका सचिव समेत रहेका शर्माले नेपालकै पहिलो जनयूद्धको सहिद मानबहादुर ओली र मानवबहादुर रावल भएपनि त्यतिबेला सूचना र सञ्चारको अभावले गर्दा हामी पछि परेको बताउनुभयो ।
सांसद शर्मासँगै गएका अर्का कर्णाली प्रदेशसभा सदस्या गणेसप्रसाद सिंहले भन्नुभयो , “ रगत र बलिदानीले आएको अहिलेको व्यवस्थाले हामीलाई केही परिवर्तनको आभास दिएपनि अझै धेरै काम गर्न बाँकी रहेको छ , हामी सहिदको सपना पुरा गर्न दिन, रातत लागिरेहेका छौ । ”

के चाहान्छन् रिम्ना , पिपेबासी ?
जनयूद्धमा ३५ जना आफन्त गुमाएका भेरी नगरपालिका – १ रिम्ना,पिपेका स्थानीयवासीहरुले सहिदको सपना पुरा गर्न आग्रह गरेका छन् । आफु बाँचेर मात्र हुदैन , देश बचाउनु पहिलो सर्त भएको भन्दै रिम्नाका जयबहादुर रानाले भन्नुभयो , “ देशमा हाम्रा आफन्तले गरेको बलिदानी खेर नजावस , हाम्रो पहिलो माग त्यही हो । कसैको माया र दयाले यो परिवर्तन आएको होईन, हाम्रा आफन्तको रगतको खोला बगेको छ । ” रगत माथी खेलवाड भएमा त्यो ईतिहासले शैह्या नगर्ने भन्दै उहाँले थप्नुभयो , “ परिवर्तनको नाममा मुद्रा परिवर्तन हामीलाई स्वीकार्य छैन , हाम्रा गाउँ अझै आकाशमा हेलिकोप्टरका आवाज आउन साथ ,अव के हुने हो भन्दै त्रासमा बाँचेको छ । हाम्रा मनहरु अझै विक्षिप्त छन , वमवाढी भएको वडालेखको अझै पुर्ण निर्माण भएको छैन । ”
जनयूद्धको समयमा बडालेखमा ४ सय भन्दा बढी स्थानीयवासीको घरमा हेलिकोप्टरबाट बमवाढी गर्दा सवै वस्ती खरानी भएको थियो । शान्ति स्थापना सँगै रिम्ना र पिपेलाई नमुना बस्ती बनाउने भन्दै तत्कालिन शान्ति तथा पुर्ण निर्माणमन्त्री सत्य पहाडीकै पहलमा शन्तिका लागि द्धन्द्धन्तर कार्यक्रम मार्फत विद्युत , खानेपानी र अन्य आधारभुत सेवा उपलव्ध गराउने योजना बनाएको थियो । मन्त्री पहाडी सत्ताबाट बाहिरिय सँगै सो ठाउँका विकासमा वाधा पुगेको छ । अहिले यहाँका स्थानीयवासीको माग भनेको द्धन्द्धको घाउँ मेट्नका लागि विकास र संमृद्धी आवश्यक रहेको भेरी नगरपालिका –१ का वडा स्थानीयवासी तथा नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष ढकबीर रानाले बताउनुभयो ।





error: Content is protected !!