कांग्रेसको लालकिल्ला तोडिदै

जाजरकोट ः जाजरकोट नलगाड नगरपालिका ८ हल्चौमा नेपाली कांग्रेस नगरकमिटिका सदस्य टोपबहादुर खत्री , तरुणदल गाउँकमिटिका सचिव दिपक बाँनियाँ , सक्रिया कार्यक्रताहरु धर्मबहादुर खत्री , वले कामीले नेपाल कम्यूनिष्ट पाटी ( नेकपा)मा प्रवेश गरेका छन् ।
चार दिन अघि आधा दर्जनले नेकपामा प्रवेश गरेलगत्तै पुर्ण आज नगरकमिटिका सदस्य खत्री सहितले प्रवेश गरेको नेकपाका जिल्ला कमिटिका सदस्य नारायण खत्रीले जानकारी दिनुभयो । एक हप्ता अघि कांग्रेसमा घाट , प्रतिघात गरेको भन्दै वडा कार्यालय कार्यखेतमा शिक्षक , कार्यक्रतालाई स्पष्ठीकरण सोधिएको थियो । स्वार्थ पुरा गर्नका लागि मात्र कांग्रेस पाटी भएको बहाना गरेको भन्दै शिक्षक , कर्मचारी तथा कार्यक्रतालाई स्पठीकरण सोधिएको थियो ।










