भम्रण बर्षको रौनक,पर्यटकीय स्थल सुनसान

कालीबहादुर नेपाली ,जाजरकोट । जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थलहरु ओझेलमा छन । जिल्लाका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरणा लगायतका पर्यटकिय स्थल प्रचास प्रसार अभाबमा गुमनाम भएका हुन ।
जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि एकिकृत योजना नहुँदा पर्यटकिय गन्तब्यहरु ओझेलमा परेको नागरिकको गुनासो छ ।

आन्तरिक तथा बाह्रिय पर्यटकका लागि आकर्षक गन्तब्यको सूचि जिल्लाले निर्माण गर्न सकेको छैन । ७ स्थानीय तहले आ आफ्नो क्षेत्र भित्रका पर्यटकिय गन्तब्यको सूचि बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकिकृत योजना बनाउनु पर्ने संस्कृतिक अध्यता राजुराजा सिंहको भनाई छ ।

पछिल्लो समय भौतिक विकास भए पनि प्राकृति, संस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउन पहल भएको छैन सिहले भने । नेपाल भ्रमण बर्ष २०२० को सन्निकटमा पर्यटन विकास र प्रबद्र्धनका लागि पहल नहुनुले स्थानीय सरकारको भूमिका प्रति नागरिक असन्तुष्टि बढेको छ ।

जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले बजेट बिनियोजन र कार्यक्रम निर्माण गर्न असफल भएको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कमानबहादुर खड्काले बताए । यतिबेला नेपालका हरेक पर्यटकिय गन्तब्यको प्रचार प्रसार र प्रबद्र्धन तिब्र रुपमा भएको छ, तर यहाँका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरणा लगायतका पर्यटकिय स्थल गुमनाम छन ।

यस्तो हुनुमा स्थानीय सरकारको उदाशिनता हो । नेपालका महत्वपूर्ण पर्यटकिय गन्तब्यको सूचीमा जाजरकोटको ऐतिहासिक दरबार छ । त्यस्तै प्रदेश सरकारले सूचिकृत गरेको पर्यटकिय गन्तब्य भित्र जाजरकोटका थुप्रै स्थान परेका छन ।

भेरी नगरपालिकाको ऐतिहासिका जाजरकोट दरबार, कुशे गाउँपालिकाको नदाइ डाबश झरना, बारेकोट गाउँपालिकाको साइक्वारी तिर्थ , छेडागाड नगरपालिकाको प्राचिन बौद्ध स्तुप, भेरी नगरपालिकाको मालिका मन्दिर , शिबालय , जुनचाँदे गाउपालिकाको भैरबनाथ मन्दिर , बारेकोटको चाखुरे पाटन आन्तरिक तथा बाह्रिय पर्यटकका लागि महत्वपूर्ण गन्तब्य हुन । तर यी क्षेत्रको प्रचार प्रसार प्रबद्र्धनमा कसैको चासो छैन ।

 

स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गरु योजना बनाउने भन्न छाडेका छैनन । पर्यटन विकासको गुरु योजना बनाएर गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्ने शिबालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीको दाबी छ ।

भौतिक विकास र मानवीय विकाससंग पर्यटन विकास जोड्ने गरी योजना बनाउन तयारी गरको अध्यक्ष शाहीले बताए ।  मानव विकास सुचांकमा ६८ औं स्थानमा रहेको जाजरकोटको विकास लागि पर्यटन विकास र प्रबद्र्धन एक महत्वपुर्णं पाटो हो । जिल्लाका पर्यटकिय गन्तब्यको प्रचार प्रसार र संरक्षण सम्बद्र्धन गर्न जरुरी छ ।





error: Content is protected !!