रासानिक मल प्रतिवन्ध

जाजरकोट , कुशे गाउँपालिकाले रासायनिक तथा बिषादी आयातमा प्रतिबन्ध लगाएको छ । कुशेलाई अर्गानिक गाउँपालिकाका रूपमा बिकास गर्न रासायनिक तथा बिषादी आयातमा प्रतिबन्ध लगाएको हो ।
गत पुष २९ गते गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रासायनिक मल तथा बिषादी आयात गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । गाउँपालिका भित्र रासायनिक मल तथा बिषादी भित्र्याउन नदिन गाउँपालिकाका सबै नाका क्षेत्रमा नेपाल प्रहरीलाई पत्राचार गरि सबै नाका चेक जाच कार्य सुरु भैसकेको गाउँपालिका कृषि बिकास शाखाका नाप्रास धीरेन्द्र बस्नेतले जानकारी दिनुभयो।
रासायनिक बिषादी आफैले बाडदै आइरहेको कृषि बिकास शाखाले कर्णाली प्रदेश अर्गानिक प्रदेश घोषणा गरेपछि कुनै रासायनिक मल तथा बिषादी सम्बन्धिका कार्यक्रम सञ्चालन नभएको कृषि बिकास शाखाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ९ मा रहेको रासायनिक बिषादी शनिबार नस्ट गरिएको कृषि बिकास शाखाले बताएको छ ।
यस बर्ष जैविक बिषादी निर्माण सम्बन्धि तालीम तथा जैविक बिषादी बितरण गर्ने कार्यक्रम रहेको कृषि प्राबिधिक बस्नेतको भनाई रहेको छ । गाउँपालिकामा रासायनिक बिषादी तथा मल धेरै मात्रा प्रयोग नभएको र आगामी दिनमा रसायिनिक प्रयोग हुनबाट रोकियो भने कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिकाको रूपमा बिकास गर्न सकिने बताईएको छ । आगाउदो बर्षमा कुशे गाउँपालिकालाई पुर्णरूपमा अर्गानिक गाउँपालिका घोषणा गर्ने कार्यक्रम सहेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।








