काम पुरा नगरी भुक्तानी माग्न गएपछि

हेमन्त केसी
जाजरकोट ,  अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिले सम्म निर्माण नगर्दा खलंगा – पाँचकाटिया सडकमा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ ।

खलंगा – पाँचकाटिया सडक खण्ड भित्र पर्ने भेरी नगरपालिका –२ रिसाङ खोला देखि बाहुँनथाना सम्माको सडकमा ग्रावेल अघिल्लो वर्ष गरीसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे विल्ड्रसले अहिले सम्म काम पुरा गरेको छैन । आधा गरेको काम पनि पुरै मापदण्ड विपरित गरेको पाईएको छ ।

रु १ करोडको ठेक्कामा घटीघटाउ रु ४२ लाख बरावरको रकममा ग्रावेल निर्माण गर्ने सम्झौता गरेको डाँफे विल्ड्रसले अहिले सम्म सो सडक खण्ड भित्र नाली , वालहरु निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य वाल र नालीमा सिमेन्ट भन्दा भारी मात्रामा वालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाईएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारणहरु जोखिम मोल्दै यात्रा गर्न बाध्य भएपनि डाँफे विल्ड्रसले गुणस्तरिय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीय पृथ्वीबहादुर खड्काले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो , “ जथाभावी डोजर हालेर हाम्रो जग्गा , जमिन भत्काउने काम भयो तर वाल र नाली निर्माण गर्ने काम भएन , । ”


अहिले ठाउँ , ठाउँमा माटोको थुर्पो राखेर सामान्य भएको सडक समेत यात्रा गर्न धौ , धौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताउनुभयो । उहाँ भन्नुहुन्छ , “ सरकारले वजेट दिएन किन भन्ने ? दिएको वजेटबाट राम्रो काम हुदैन , तोकिएको समयमा ठेकेदारले काम गदैन्न कसरी हुन्छ हाम्रो विकास ? सात वर्ष देखि यो बाटो लथालिङछ यो वाटो , । ” ग्रावेल गर्ने भनिएको सडकमा सडक समेत फराकिलो नवनाउदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय , रुकुम पश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटक , पटक ध्यान आक्रषण गराउदा पनि काम नभएको बताएका छन् ।

अव हर्जाना लगाएर काम लगाउने प्रयास भईरहेको भट्टको भनाई छ । तोकिएको समय भित्र निर्माण पुरा नगर्ने , भएको सडक समेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृतीका कारण विकासमा वाधा पुगेको स्थानीयवासीले बताएका छन् । डाँफे विल्ड्रसका प्रतिनिधि वुद्धीबहादुर खत्रीले काम पुरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पुरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुर्ण काम गर्न दवाव दिईएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिनुभयो । वुद्धीबहादुर खत्रीसँग पटक , पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुँन सकेको छैन ।

निर्माण व्यवसायीले काम पुरा नगर्दा अन्य काम प्रभावित
जाजरकोट खलंगा – पाँचकाटिया सडक खण्ड ट्याक औपन भएको सात वर्ष भन्दा बढी भएपनि यो सडक खण्डमा यातायातका साधनहरु गुड्न सकेका छैनन । करिव २१ किलोमिटर लम्वाई रहेको यस खण्डमा बिभिन्न निकायको २१ करोड भन्दा बढी खर्च भईसकेको छ ।

वजेट जति लगानी गरेपनि काम पुरा नगर्दा सडकको हालत पुरानै रहेको छ । वर्षेनी राज्यको करोडौ रकम खन्याएपनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुख भोग्दै आएका छन् ।

यही सडकमा अहिले पुर्ण करोडकै वोलपत्र आवह्वान भएको भएपनि पुरोनो काम पुरा नहुँदा नयाँ काम प्रभावित हुँदै आएको छ । जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिला सुस्तीका कारण कामले गति लिन सकेको छैन् ।

हिउँद याममा मात्र सामान्य ट्याक्टर सञ्चालन भएपनि वर्षायाममा पुरै सडक अवरुद्ध हुँने गरेको छ । काम पुरा नगर्ने तर लाखैका ठेक्का लिने चलनका कारण विकास निर्माणका वाधा पुग्दै आएको छ । तस्वीर उपलव्ध छ ।





error: Content is protected !!