काँग्रेसका क्रियाशिल नेता नेकपामा

टेकराज पुन ,रुकुम पश्चिम । जिल्लाको नलगाड नगरपालिका ८ मा नेपाली काँग्रेसका क्रियाशिल कार्यकर्ताहरु निरन्तर नेपाल कम्युनिष्ट पार्टि , नेकपामा प्रवेश गर्ने लहर जारी रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा कमिटी प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस पार्टीमा विगत २०४६ साल देखी क्रियाशिल रुपमा काम गरेका काँग्रेसका कार्यक्रर्ता गंगे नेपाली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको वडा सदस्य खड्क खत्रीले बताए ।
यस्तै, नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेमा काँग्रेसको भातृ संगठन तरुण दलमा क्रियाशिल भिम परियार , सदस्य टिकाराम खत्रीले नेकपामा प्रवेश गरे । २०४६ साल देखि एक छत्र राज गर्दै आएको पार्टी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले आफ्नो गाँउमा केही परिवर्तन गर्न नसकेकोले प्रवेश गरेको उनीहरुको भनाई छ ।
आगामी दिनमा पनि त्यस्तो सम्भावना नदेखिएकोले उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा नेकपा जिल्ला कमिटी जाजरकोटका सचिवालय सदस्य नवेन्द्र नेपाली , जिल्ला कमिटी सदस्य नारायण खत्री निरज , नलगाड नगरपालिका कार्यपालिका सदस्य नरवहादुर नेपाली लगायतले नव प्रवेशीलाई स्वागत गरेका थिए ।








