सदरमुकाम देखि गाउँ , गाउँमा आधुनिक स्वास्थ्य भवन निर्माण कार्य सुरु

– हेमन्त केसी
जाजरकोट ,  भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ ।
अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु ३२ करोड ७० लाखको लागतमा नयाँ भवन निर्माणका लागि सुर्खेतस्थित सहरी विकास विभाग भवन निर्माण कार्यालयले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि आज बोलपत्र आह्वान गरेको छ । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो ।
यो भन्दा अगाडी २०७६ असार ३ गते वोलपत्र आवह्वान गरेको भएपनि सार्वजानिक खरिद ऐन संसोधन भएपछि वोलपत्र रद्ध रहेको थियो । वोलपत्र रद्ध भएसँंगै अस्पता निर्माणको कार्य समेत ठप्प भएको थियो । पटक , पटक सार्वजानिक खरिद ऐन संसोधन हुदा भवन निर्माणको काम रोकिदै आएकोमा आज पुर्ण अस्पता निर्माणका लागि वोलपत्र आवह्वान गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो वर्ष रु ४९ लाखको नयाँ भवन निर्माण गरी अहिले सेवा प्रवाहमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । भवन अभावका कारण ५० शैयाको उक्त अस्पतालले मुस्किलले २५ शैयाको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।
अव नयाँ बन्ने भवण आधुनिक हुँने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । जाजरकोट, रुकुम र डोल्पा जिल्लाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिंग बनाएका अस्पातलको प्रसूतिगृहलगायत भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण गरी सेवा प्रवाह हुँदै आएको छ । गत हप्ता मात्र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यहाँ आधुनिक अस्पताल निर्माण गरिने प्रतिबद्धता जनाउनएभएको थियो ।

त्यसैगरी जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्य चौकी भवन निर्माणका लागि काम भइरहेको छ । क्षमता विस्तारसँगै नयाँ उपकरण र चिकित्सकहरुको व्यवस्थापन भएसँगै उक्त अस्पतालको स्वरूप परिवर्तन भएको छ । त्यस्तै भेरी नगरपालिकाको सहयोगमा आधुनिक लेखा तथा व्यवस्थापन उपकरण उपलब्ध भएपछि अस्पतालमा हुँदै आएका आर्थिक अनियमितता नियन्त्रण भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै नलगाड नगरपालिका स्थित स्वास्थ्य संस्थामा रेविज विरुद्धको भेक्सिन उपलव्ध हुँने भएको छ । स्वास्थ्य मन्त्रालयले सदरमुकामबाट उपलव्ध हुँदै आएको सो भेक्सिन अव नलगाड नगरपालिकाबाट पनि उपलव्ध गराउने निर्णय गरेसँगै कार्यान्वयनमा आएको हो ।
यसै वर्षदेखि जाजरकोटमा बहुप्राविधिक शिक्षालयमार्फत स्वास्थ्य क्षेत्रका विभिन्न कक्षा सञ्चालन भएका छन् । जाजरकोट अस्पतालको समन्वय र सहकार्यमा सो शिक्षालय स्थापना भएको हो ।

सात स्थानीय तहमा दर्जन स्वास्थ्य संस्था निर्माण कार्य सुरु
सवैको पहुँचमा स्वास्थ्य संस्था बनाउनका लागि जाजरकोट जिल्लाका सात वटा स्थानीय तहले सवै वडामा स्वास्थ्य संस्था निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा नयाँ स्वास्थ्य संस्था निर्माण र स्वास्थ्यकर्मी समेत भर्ना गरिएको छ ।
नलगाड नगरपालिकाले नगर भित्रका १, ४, ५, , ६ ९, १० र १२ नं वडाहरुमा नयाँ स्वास्थ्य संस्था निर्माण गर्ने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो ।
त्यस्तै छेडागाड नगरपालिकाको १ ,२, ४ ,५ ,७ , ८ , १० र १२ मा नयाँ स्वास्थ्य संस्थाको भवन गरी सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो ।

त्यस्तै बारेकोट गाउँपालिकाका ३,४, ५,६,७ र ९ मा नयाँ स्वास्थ्य संस्था निर्माण कार्य सुरु भएको निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । सदरमुकामको भेरी नगरपालिकाको नयाँ ७ वटा स्वास्थ्य संस्था निर्माण हुँन लागेका छन् ।
भेरी नगरपालिकाको १, ४,५,७,८,१० र १२ नम्वरमा दरवन्दी सहितका स्वास्थ्यकर्मी र नयाँ भवन निर्माण हुँन लागेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।
कुशे गाउँपालिकामाको १, ३ ,७ र ८ नयाँ सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि वोलपत्र आवह्वान गरी स्वास्थ्यकर्मी भर्नाको अभियान करिव टुङ्गिएको प्रमुख प्रशासकीय श्यामकृष्ण पौैडेल दिनुभयो ।
जुनिचाँदे गाउँपालिका ७ वटा वडामा नयाँ भवन निर्माणको काम सुरु भएको प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार २, ३,४,६, ७, ८ र १० नम्वर वडाहरुमा निर्माण कार्य सुरु भएको हो ।
त्यस्तै शिबालय गाउँपालिकाको १,२,४,६,८ र ९ पनि भवन स्वास्थ्य संस्थाको भवन निर्माणको काम सुरु हुँने प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो ।





error: Content is protected !!