आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

जाजरकोट, (रासस)ः नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।
बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो





error: Content is protected !!