सम्पादक केसी सम्मानित

जाजरकोट , उद्योग बाणिज्य संघ , जाजरकोटको १४ औँ बार्षिक साधारण सभाको अवसरमा नेपालपोष्टखवरका सम्पादक तथा राससकर्मी हेमन्त केसीलाई सम्मान गरिएको छ ।
जिल्लाको आर्थिक , सामाजिक , सांस्कृतिक तथा समग्र बिभिन्न रचनात्मक कार्यक्रममा महत्वपुर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिनुभयो । यो भन्दा अगाडी केसीलाई अन्तराष्टिय स्तरको शान्ति सदभावमा राम्रो भुमिका खेलेको भन्दै वर्ल पिस मिसन एण्ड हुमन राईट एकेडमी एम्वासडर फर पिसले सम्मान गरेको थियो ।
दुई वर्ष अघि शिक्षाको राष्टिय पुरस्कार समेत पाईसकेका केसीलाई राससले दुई पटक पुरस्कृत गरिसकेको छ । आम सञ्चार र पत्रकारितामा जाजरकोटबाट एक मात्र डिग्री पढाई सकेका केसी अहिले रासस र नेपालपोष्टमा कार्यरत हुनुहुन्छ । त्यस्तै जिल्लाको पहिलो दैनिक पत्रिका भेरीमालिकालाई समेत सम्मान गरिएको छ । कार्यक्रममा जिल्लाका आधा दर्जन व्यापारीलाई समेत सम्मान गरिएको उहाँले बताउनुभयो ।










