राजनीतिकदलको कार्यक्रम सञ्चालक देखि पार्टी प्रवेश सम्म शिक्षक

जाजरकोट , २२ पुस ः नेपाली कांग्रेस कुशे गाउँपालिकाले हिजो कुशे गाउँपालिकाको घरंगामा गरेको कार्यक्रममा शिक्षकहरु विद्यालयमा पढाउन छाडेर पार्टी प्रवेशमा गएको पाइएको छ ।

लक्ष्मी प्राप्ति मावि खुर्पाका प्रधानाध्यापक दिनेशकुमार सिंह विद्यालयमा पढाउन छाडेर नेपाली कांग्रेस कुशे गाउँ कमिटिले घरंगामा गरेको सभामा पार्टी प्रवेश गरी विद्यालयमा पढाउन नगएको पाईएको छ । शिक्षक सिंह लामो समय सम्म राप्रपाको शिक्षक संगठनमा आवद्ध थिए । नेपाली कांग्रेस जाजरकोटका यूवा नेता वेदराज सिंहले फेसवुकमा पोष्ट गरेको स्टाटसमा दिनेश सिंहको नाम नै किटेर प्रवेश गरेकी भनि उल्लेख मात्र भएको छैन , अंगमाल गरेको तस्वीर समेत सार्वजानिक गरिएको छ ।

यसरी  शिक्षा क्षेत्रमा चर्को राजनीति भएमा उहाँहरुले पढाउने विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुमा खस्तो छाप पर्छ होला ।

शिक्षकले पार्टी प्रवेश गर्दै गरेको देख्ने विद्यार्थीको मनमा कस्तो खालको राजनीतिक संस्कार सिक्छ होला ? यो अहिलेको ज्वालन्त प्रश्न हो ? यो भन्दा अघि पनि यस्ता खालका घटना नभएका भने होईन्न , तर देशमा चिरस्थात्व भई सकेको अवस्थामा पनि यस्ता खालका राजनीतिक गतिविधिले पक्कै पनि शैक्षिक क्षेत्रमा राम्रो प्रभाव पदैन होला ?




सम्बन्धित समाचार


error: Content is protected !!