जाजरकोट सदरमुकाममा शंकास्पद विस्फोटक पदार्थ फेला


जाजरकोट ः जाजरकोट सदरमुकाममा वम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । अज्ञात समुहले राखेको सो शंकास्पद वम जस्तो देखिने वस्तुका कारण अहिले सिटिजन्स वैंकको पछाडी मालिका कानुनी सेवा कार्यालय अगाडी त्रास फैलिएको छ । क्षेति हुँन नदिन प्रहरी परिचालिन भएको छ । अज्ञात समुहले राखेको सो वस्तु लाई अहिले शसस्त्र प्रहरी वल , नेपाल प्रहरीले घेरावन्दी गरी सुरक्षा दिएको जाजरकोट सशस्त्र प्रहरी वलका प्रमुख योग्य वस्नेतले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी , शसस्त्र प्रहरी र सेना पुगेको छ ।










