नेपाल भ्रमण वर्षलाई महाअभियान बनाउँ ः राष्ट्रपति पर्यटन

काठमडौ ः नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो ।

सो समारोहमा प्रमुखवक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।

संस्सारका उत्कृष्ट गन्तव्य सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनि, चितवन लगायतका थुप्रै गन्तव्य रहेको बताउनुभयो ।
उहाँले प्रकृतिलाई विगारेर होइन सिंगाररे पर्यटन विकास बढाउनु पर्नेमा जोड दिनुभयो ।

सो अबसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयाँ वर्षमा नयाँ आशा र नयाँ उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमाण वर्ष महत्वपूर्ण हुने बताउनुभयो ।सो अबसरमा नेपाल भ्रमण वर्षको स्टिकर पनि सार्वजनिक गरिएको थियो । सो अबसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गर्नु भयोको थियो । उद्घाटन समारोहमा नेपाल भ्रमण वर्ष २०२० को मास्कट पनि सार्वजनिक गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!