जाजरकोटका शक्तिको सुन्तला पहिलो

जाजरकोट ः प्रथम राष्ट्रिय औधोगिक व्यापार,कृषि ,नबिन्तम प्रबिधि प्रदशनि एबम पर्यटन महोउत्सब २०७६ मा कृषि फलफुल तर्फ प्रथम स्थान हासिल गरेको छ ।
जिल्ला कृषि बिकास कार्यालय जाजरकोट र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जोन जाजरकोट को सहयोग मा कुशे ५ दम्दाला का लक्ष्मी सुन्तला फलफुल समुहका अध्यक्ष एबम अगुवा कृषक शक्ति बहादुर वली ले सुन्तला सुर्खेत पुर्याउनु भएको थियो । महोत्सव अबधि भरि ताजा अर्गानिक सुन्तला को स्टलमा किन्ने को भिड देखिन्थ्यो भने करिब ६ लाख बराबर को बिक्रीवितरण भएको थियो । 
साथै कृषि प्रर्दसनि प्रतियोगितामा फलफुल तर्फबाट लक्ष्मी सुन्तला फलफुल समूह जाजरकोट प्रथम स्थान हासिल गर्दै नगद १० हजार र कदर पत्र प्राप्त गरेको छ।








