क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

काठमाडौँ — नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा विवादसम्बन्धी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन जाने क्रममा सिंहदरबार गेट अगाडिबाट उनी आइतबार पक्राउ परेका हुन् ।

नेपाल पुलिस क्लबबाटै कान्तिपुरलाई प्रतिक्रिया दिँदै गजुरेलले सीमा विवादसम्बन्धी आफूहरुले शान्तिपूर्ण रुपमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई भेट्न जाँदा आफूहरुलाई पक्राउ गरिएको बताए। पहिले आफूहरुले प्रधानमन्त्रीलाई भेट्न खोजेको तर प्रधानमन्त्रीले कसैलाई नभेटेको भनेका कारण उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन गएको उनले बताए।

‘हामी शान्तिपूर्ण रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न जाँदै थियौँ। माथिको आदेश हो भन्दै हामीलाई वरै रोकियो। हनुमानस्थान पुग्नुभन्दा पहिले नै प्रहरीले हामीलाई रोक्यो, त्यहीँ हामीहरुमाथि लाठीचार्ज भयो’, गजुरेलले भने। गजुरेलले पार्टीका केही नेता तथा कार्यकर्ता घाइते भएको पनि जानकारी दिए।




सम्बन्धित समाचार


error: Content is protected !!