सिन्जनाको जन्म दिन ः चौविस विद्यार्थीले पाए स्वीटर


जाजरकोट ः आफुले पढ्ने विद्यालयमा जन्म दिनको अवसर पारेर आफ्नै साथीहरुलाई सिन्जनले स्वीटर वितरण गनुभएको छ । जिल्लाको भेरी नगरपालिका खलंगा स्थित हनुमान प्राथमिक विद्यालयमा पढ्ने चौविस जना विद्यार्थीलाई जन्मदिनको अवसरमा स्वीटर वितरण गरिएको थियो ।
हनुमान प्राथमिक विद्यालयमा पढ्ने विपन्न समुदायका ती विद्यार्थीहरुलाइ सोहि विद्यालयको कक्षा ४मा पढ्ने भेरी नगरपालिका –३ ठाँटीवजारकी सिन्जना केसीको ९ औं जन्मदिनको अवसरमा विद्यालय पोषाकसंग मिल्ने न्यानो स्वीटर वितरण गरिएको हुँन् । हनुमान प्राथमिक विद्यालयको कक्षा १ देखि ५ सम्म पढ्ने कोहि वाआमा नभएका, कोहि आमा या वा मध्य एक नभएका र कोहि अति विपन्न परिवारका चौविस जना विद्यार्थीहरुलाइ सिन्जनाकी वज्यै एवं विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्द्रकुमारी केसी र विद्यालयका प्रधानाध्यापक कृष्णवहादुर सिंहले विद्यालयमा वुधवार आयोजित एक कार्यक्रमका बीच संयुक्त रुपमा ती स्वीटरहरु वितरण गनुभएको हो ।
सिन्जनाका वाजे जयवहादुर केसी, ठुला वुवा स्वर्गिय जयन्द्र केसी, वुवा जनक केसी, फुपु सीता केसी, दाइ समीरण केसीले हनुमानमै पढेको र सिन्जना स्वयम पनि हनुमानमै पढिरहेकोले हनुमानकै विद्यार्थीहरुलाइ न्यानो कपडा सहयोग गरिएको छ ।










