नगरपालिकाको घटना सेलाउँन नपाउँदै, वडा कार्यालयमा आगजनी

टेकराज पुन (रुकुम पश्चिम) रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पछिल्लो समय विभिन्न घट्नाहरु बढ्दै गैरहेका छन गएराती वडा नँ १० को वडा कार्यालमा आगजनी भएको छ । भयाउनेमा रहेको वडा कार्यालयमा लगाइएको ताला फोडी आगजनी गरेको वडा अध्यक्ष गंगाराम चँदारोले जानकारी दिनु भयो । आगजनी बाट एक वटा प्रिन्टर मेसीन, एक वटा ल्यापटप , आठ ओटा पलाष्टीकको कुर्सी , एक वटा सोनी क्यामरा , वडा अध्यक्ष र सचिव बस्ने कुर्सी कार्यालयबाट निकाली आगजनी गरेको उहाँले जानकारी दिनुभयो ।
अग्यात समुहले कार्यालय भित्रका केही महत्वपुर्ण कागजातहरु बाहिर निकाली आगो लगाएको जिल्ला प्रहरीकार्यालयका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु दिनु भयो । कार्यालय किन र कस्ले तोडफोड गरी आगजती ग¥यो भन्ने खुल्न नसकेको डिएसपी खड्काले जानकारी दिनु भयो । अपराधी जोसुकै भएपनी कडा कारवाहि गरिने उहाँले वताउनु भएको छ ।
यस घटनामा सँलग्नको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ यता वडा कार्यालयले विज्ञप्ती निकालेर हिजो राती करिव १ बजेको समयमा अज्ञात समुहवाट आगजनी भई कार्यालयका महत्वपुर्ण कागजातहरु जलाइएको , घटना जो कोही ब्यक्तीले वा समुहले जुनसुकै कारणले घटाएता पनी जनताको प्रत्यक्ष सरोकार सँग जोडिएको कार्यालयमा पसी तोडफोड गर्नु आफैमा गैर जिम्मेवार भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गैरकानुनी नभई अपराधिक कार्य भएकाले , घटनाको स्वतन्त्र छानविन गरी दोषीलाई पत्ता लगाई आवश्यक कानुनी कारवाही गर्न माग गरिएको छ । जलाइएका सामानहरु आपुर्ति गरी जनताका दैनिक कामकाजहरु सुचारु गरिएको छ ।






