विश्व इतिहासका शक्तिशाली महिलाहरु

एजेन्सी । विश्वभर राज गर्नु कुनै सजिलो काम होइन । भन्निछ राजतन्त्रमा राज गर्ने पुरुषले मात्र हो । उनीहरु नै राजनीतिको राम्रो सुझुबझ भएको मानिन्छन् । तर, इतिहासमा यस्ता घटनाहरु पनि भए जसले आफ्नो बलका भरमा आफ्ना् आफ्नो देशमा महिलाहरुले राज गरे । आउनुहोस् महिलाहरुको राज शासनबारे जानौ ।
१ सुल्तान तुरहान, टर्की
टर्कीमा दुई महिलाहरुले शासन गरे । एक थिइन् तुरहान भने अर्की उनकै सासु कोसेम । राज्यमा आफ्नो शासन चलाउन तुरहानले आफ्नै सासु मार्ने षडयन्त्र रचेकी थिइन् । अन्तत उनलाई सफलता मिल्यो । उनकी सासुले नाति सुल्तान तुरहानको छोरा महमुद चतुर्थलाई मारेर अर्का नातिलाई सुल्तान बनाउन कोसिस गरेकी थिइन् । यसै कारण तुरहानले कोसेमलाई षडयन्त्रको शिकार बनाइन् ।
२ सुल्तान कोसेम, टर्की
कोसेम सबैभन्दा शक्तिशाली महिला शासक थिइन् । तर, इतिहासको कुनै समयमा उनी दासी समेत थिइन् । टर्कीका शासक कोसेमको सुन्दरतामा मन्दमुग्ध भएपछि कोसेमलाई जीवनसाथी नै बनाए । जसका कारण उनी टर्कीकी महिला बन्न पुगिन् । उनी ग्रीक मुलकी थिइन् ।कोसेमको पतिको हत्या पश्चात राजगद्धीमा पतिका भाइलाई बसाइयो । तर, शासन चलाउने असली कडी भने कोसेम नै थिइन् ।
३ एम्प्रेस वेई, चीन
चीनमा एम्प्रेस वेईका पति झांगजोगले दुई पटक सम्म राज गरे । ७१० इस्वीमा झागंजोग विष सेवनका कारण मृत्यु भएको थियो । त्यसपछि सत्ताको बागडोर एम्प्रेसको हातमा आएको थियो । केही इतिहासकारहरुका अनुसार उनले शासन गर्न पतिलाई विष पिलाएर मारेकी थिइन् । तर, केही दिन पश्चात नै झागजोगका भतिजले एम्प्रेस वेईको हत्या गराएका थिए । त्यसपछि उनले राज गर्न थालेका थिए ।४। रानी आर्सिनोए द्वितिय, मिस्त्र
एक ग्रीक प्रिन्सेस आर्सिनोए द्वितियले प्राचीन मिस्त्रमा राज गरेकी थिइन् । आर्सिनोए पहिलो पतिको नाम राजा लिसीमेकस थिए । उनले एशिया माइनर र मेसिडोनियामा राज गरेका थिए । पछि उनले आर्सिनियोको विवाह आफ्नै भाइ टालेमी द्वितिय फिलाडेल्फससँग गरिदिएका थिए । त्यसपछि उनी मिस्त्रको शासक बनेकी थिइन् ।




सम्बन्धित समाचार


error: Content is protected !!