जहाँ विद्यार्थीले घर बाटै बोकेर ल्याएको पानी पिउँछन्


हेमन्त केसी
काठमाडौँ , पाँच सय भन्दा बढी विद्यार्थी रहेको जाजरकोट भेरी नगरपालिका –११ जगतिपुर स्थित शिव शंकर माद्यामिक विद्यालयमा पिउने पानी विद्यार्थीहरुले घरबाट ल्याउने गरेका छन् ।
विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीहरुले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडा अध्यक्ष भवानी प्रसाद शर्माले बताउनुभयो । आफ्नो वडा भित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो । पिउने पानी सम्म नहुँने विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्य भएको शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाएका थिए । विद्यालय अनुगमण तथा निरीक्षणमा शुक्रबार गएका प्रजिअ पन्तलाई शिक्षक तथा विद्यार्थीहरुले यस्तो गूनासो गरेका हुँन् ।
खानेपानीको मुहना नभएका कारण विद्यालयमा पानी आपुर्ती गर्न नसकिएको वडा ध्यक्ष शर्माले बताउनुभयो । उहँले भन्नुभयो , “विद्यालयमा खानेपानी ल्याउने ईच्छा त छ नि ? तर हाम्रो सानो वजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन् । ” गाउँमा समेत खानेपानीको हाहाकार छ , गाउँ देखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ स्थानीयवासी रामबहादुर आचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो , “ छोरा, छोरी विद्यालय जाँदा झोला , कापी कलमका साथै पानीको वोतल समेत लिने गरेका छन् । ”
विद्यार्थीहरु लिएको पानी समेत सकिदा तिर्खा लागेर हैरान हुँने गरेको पीडा सुनाउछँन् । नजिक घर भएका साथीहरु घरबाट थप पानी ल्याउनुहुन्छ , नभएकाहरु गाउँमै गएर पानी मागेर पिउँने गर्दछन् कक्षा ७ मा अध्यायनरत छात्रा गीता आचार्यले भन्नुभयो , “ दैनिक पानी मागेर पिउदा दिक्क लाग्ने गर्दछ , गाउँलेहरुले पनि टाढाबाट बोकेर ल्याएको पानी सधै दिदा दिक्क मान्छन् होला ।”
पानी र शौचालय लगाएतका समस्यले गर्दा विद्यार्थीहरु आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षकहरु बताउँछन् । विद्यालय अनुगमण गर्न पुगेको प्रजिअ पन्त सँग शिक्षकहरुको गुनासो एउटै थियो , “ विद्यालयमा ५ सय विद्यार्थी मध्य मुस्लिले ३ जति उपस्थित हुँने गरेका छन् , आएका पनि पुरै समय विद्यालयमा नवसी घर जान्छन् ।” विद्यालय उपस्थित नहुँनेमा अधिकांश दलित समुदायका विद्यार्थीहरु रहेको सहायक प्रधानध्यापक नारायण रोकायले जानकारी दिनुभयो ।
शिक्षकको गुनासो सुनेपछि प्रजिअ पन्तले शैक्षिक सुधारका लागि ९ वटा सुझाव दिएको जानकारी दिनुभयो । विद्यालयमा कार्यरत शिक्षकहरु नियमित रुपमा आई जिम्मेबारी पुरा गर्ने, विद्यालयको सरसफाई सन्तोषजनक नभएकोले सरसफाईमा ध्यान दिई स्वच्छ, सफा वातावरण सिर्जना गर्ने, खानेपानीको समस्य हल गर्न विद्यालयमा पानी जम्म गरेर राख्ने लगायतका सुधार योजना निर्माण गरी कार्यन्वयन गर्ने , विद्यार्थीको शैक्षिक उपलब्धि तयारी गरी सिकाई उपलब्धिमा वृद्धि गर्ने, शौचालयमा पर्याप्त पानीको व्यवस्था सहित नियमित पानीको व्यवस्था गर्ने, पुस्तकालयको पर्याप्त व्यवस्था गर्ने, विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी प्रयोगमा ल्याउने र सबै मिलेर विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने लगायतका सुझाव दिएको थियो ।
सुझाव दिदैँ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले विद्यालयमा शिक्षक आएर हाँजिर ल्याएर विद्यार्थीलाई पढाउनु मात्र ठुलो कुरा नभई ,विद्यार्थीलाई नयाँ कुराको ज्ञान दिनुपनि ठुलो कुरा भएको बताउनुभयो ।










