सौर्य उर्जा पाएपछि स्वास्थ्य संस्थामा सेवा प्रवाह प्रभावकारी

जाजरकोट , स्वास्थ्य सेवा प्रभावकारी बनाउका लागि नलगाड नगरपालिकाले विद्युत नपुगेको ठाउँमा शौर्य उर्जा वितरण गरेको छ । नगरपालिका भित्रका वडा ३, ७ र १२ मा रहेका स्वास्थ्य संस्थामा शौर्य उर्जा सहयोग गरेसँगै यहाँको सेवा प्रवाहमा सुधार आएको छ ।
विद्युत नभएर सुत्केरी सेवा , ल्याप सेवा सञ्चालनमा समस्या हुँदै आएका यी ठाउँमा अहिले सौर्यउर्जा पावरबाट सवै काम गर्न सजिलो भएको औलगुत्ता स्थित स्वास्थ्य संस्थाका सुमिना चन्दले बताउनुभयो । मोवाईल , टर्च र सल्लिको दियालो बालेर प्रसुती गृहमा सेवा प्रवाह गर्दै आएका दुर्गम रहेका स्वास्थ्य संस्थामा अहिले सेवा लिन आउने सेवाग्राहीहरु समेत खुसी हुँने गरेका छन् । सेवा , सुविधा नभएको भनि आलोचना खेप्ने गरेका स्वास्थ्यकर्मीहरु समेत अहिले सेवाग्राहीबाट जोगिएको बताएका छन् ।
डाडागाउँ , दल्ली र औलगुत्तामा पहिलो चरणमा सैर्य उर्जा दिएर राम्रो सेवा प्रवाह भएको पाईयो अव पुर्ण मागको आधारमा अन्य ठाउँमा सेवा दिईने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ हामीले यो वर्ष करिव रु २० लाख लगानीमा नलगाड नगरपालिका २ को (क) मा नयाँ सुविधा सम्पन्न भवन सहित प्रसुतीगृह निर्माण कार्य अन्तिम चरणमा लिएका छौ , अवको दुई हप्ता भित्र त्यहाँ पनि सुविधा युक्त सुत्केरी गराउने काम हुँने छ , । ” कैना स्थित स्वास्थ्य संस्थामा यो आर्थिक वर्षमै खानेपानी र सुविधा युक्त शौचालय निर्माण कार्य जारी रहेको छ ।
नगरपालिका भित्रका १ , ४,५, ६, ९,१० र १२ नम्वर वडाहरुमा सङ्घीय सरकारको सहयोगमा नयाँ सुविधा युक्त स्वास्थ्य संस्थाका भवन निर्माण कार्य समेत सुरु भएको छ । सवै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनका लागि नयाँ भवन सहित स्वास्थ्यकर्मी न्यूक्तीको काम सुरु भएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।








