प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य सुरु

हेमन्त केसी
काठमाडौँ ः सवैको पहुँचमा स्वास्थ्य संस्था बनाउनका लागि जाजरकोट जिल्लाका सात वटा स्थानीय तहले सवै वडामा स्वास्थ्य संस्था निर्माणको काम सुरु गरेका छन् । सङ्घीय सरकारको विशेष अनुदानमा यहाँका सवै स्थानीय तहले नयाँ स्वास्थ्य संस्था निर्माण कार्य सुरु गर्नुका साथै स्वास्थ्यकर्मी समेत भर्ना अभियान गरिरहेका छन् ।

नलगाड नगरपालिकाको दल्ली , तल्लु , कैना , लहँ , चौखा , औलगुत्तामा स्वास्थ्य रहेका थिए । ति स्वास्थ्यहरु सवैको पहुँचमा नभएको भन्दै नगरपालिकाले नगर भित्रका १, ४, ५, , ६ ९, १० र १२ नं वडाहरुमा नयाँ स्वास्थ्य संस्था निर्माण गर्ने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो । त्यस्तै पुरानो स्वास्थ्य संस्था भएर जिर्ण भवनमा काम हुँदै आएको ठाउँमा नयाँ नयाँ भवन निर्माणको काम सुरु भएको छ ।

त्यस्तै छेडागाड नगरपालिकाको १ ,२, ४ ,५ ,७ , ८ , १० र १२ मा नयाँ स्वास्थ्य संस्थाको भवन गरी सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो भएको ठाउँबाट सवै ठाउँका स्थानीयवासीलाई पहुँच नपुग्ने भन्दै नयाँ दरवन्दी सिर्जना गरी स्वास्थ्य संस्था स्थापना गर्न लागिएको हो ।

स्वास्थ्यकर्मी समेत न्यूक्तिको काम सुरु भईसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिकाका ३,४, ५,६,७ र ९ मा नयाँ स्वास्थ्य संस्था निर्माण कार्य सुरु भएको छ । वोलपत्र आवह्वान भई काम सुरु गर्ने तयारीमा पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । सदरमुकामको भेरी नगरपालिकाको नयाँ ७ वटा स्वास्थ्य संस्था निर्माण हुँन लागेका छन् ।

५० शैयाको स्वास्थ्य सेवा कार्यालय रहेको भेरी नगरपालिकामा स्वास्थ्य संस्था नभएका बाँकी १, ४,५,७,८,१० र १२ नम्वरमा दरवन्दी सहितका स्वास्थ्यकर्मी र नयाँ भवन निर्माण हुँन लागेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । पुराना भएका स्वास्थ्य संस्थाको स्तरउन्नती गरिनुका साथै गाउँ , गाउँ स्वंयमसेविका मार्फत स्टेचर बाँड्न लागिएको छ । हाल रहेका स्वास्थ्य संस्थामा औषधी र अन्य उपकरण सहयोग गर्दै भरपर्दो सेवा प्रवाहका लागि काम भईरहेको उहाँको भनाई छ ।

कुशे गाउँपालिकामाकाे १, ३ ,७ र ८ नयाँ सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि वोलपत्र आवह्वान गरी स्वास्थ्यकर्मी भर्नाको अभियान करिव टुङ्गिएको प्रमुख प्रशासकीय  श्यामकृष्ण पाैैडेेल दिनुभयो । सवै जनताले स्वास्थ्य सेवा प्रभावकारी रुपमा पाउनुपर्ने कुरालाई आत्मसाथ गरेर स्थानीय सरकारको जिम्मेवारी पुरा गर्न यो अभियान सञ्चालन गरिएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको अतिविकट स्थानीय तह जुनिचाँदे गाउँपालिका ७ वटा वडामा नयाँ भवन निर्माणको काम सुरु भएको प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार २, ३,४,६, ७, ८ र १० नम्वर वडाहरुमा निर्माण कार्य सुरु भएको हो ।
त्यस्तै शिबालय गाउँपालिकाको १,२,४,६,८ र ९ पनि भवन स्वास्थ्य संस्थाको भवन निर्माणको काम सुरु हुँने प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिनुभयो । गाउँ , गाउँमा स्वास्थ्य संस्था स्थापना भएमा मात्र जिल्लाको सवै स्थानीयले प्रभावकारी सेवा पाउँने भएकाले स्वास्थ्य संस्था नभएको सवै वडामा नयाँ सुविधा सहितका भवन तथा स्वास्थ्यकर्मी भर्ना अभियान सञ्चालन गरी काममा गती दिईएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “ अव जाजरकोटको परिचय फेर्नुपर्छ , औषधी नपाएर अकालमै मृत्यु हुँने समस्या हल गर्नु हाम्रो पहिलो प्राथमिकता हो , ।” यहाँले थप्नुभयो , “ जिल्लामा बजेट अभाव हुँन नदिने तर बिभिन्न बहाना बनाएर स्वास्थ्य सेवा प्रवाहमा कम्जोरी देखिय त्यो क्षयायोग्य हुँनैछैन ,।” त्यस्तै उहाँले जाजरकोटको ५० शैयाको अस्पतालका लागि भोली नै नयाँ वोलपत्र आवह्वान हुँन लागेको समेत जानकारी दिनुभयो । त्यस्तै क्षेत्र नं १ को दल्ली र क्षेत्र नं २ को छेडागाडमा १५ शैयाको अस्पताल निर्माणका लागि प्रक्रियगत काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

त्यस्तै अर्का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले संविधानप्रद्ध अधिकार जनताले करायर नभई स्वात पाउनुपर्ने बताउनुभयो । जिल्लाका समस्य भएको ठाउँमा हामीलाई तुरुन्तै खवर गर्न भन्दै उहाँले भन्नुभयो , “ औषधी नपायर कोही विरामी तल , माथी भएमा त्यो कुरा सहनयोग्य हुँने छैन , सूचना लुकाउनेलाई जनताको आँसुले पोल्ने छ , ।”




सम्बन्धित समाचार


error: Content is protected !!