गाउँ , गाउँमा शारीरिक अशक्तलाई सरकारी सेवा


हेमन्त केसी
जाजरकोट , शारीरिक रुपमा अशक्त भई सदरमुकाम सम्म सरकारी सेवा लिन नपाउने लाई गाउँमै सरकारी सेवा उपलव्ध गराएको छ ।
जिल्लाका कुशे गाउँपालिका र छेडागाड नगरपालिकाले गाउँ , गाउँमा शिविर राखेर सरकारी सेवा उपलव्ध गराएको हो । सदरमुकाम आउने रकमका साथै सहयोगी नहुँदा सरकारी सेवा बाट बन्चित भएकालाएई लक्षित गरी गाउँमा सरकारी सेवा उपलव्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सरकारी सेवा लिनका लागि स्टेचर , डोको तथा गाडीमा सदरमुकाम आउँदा सास्ती भोग्न बाध्य भएका १८ वर्ष मुनीका बालबालिका लागि यो शिविर बरदान भएको अध्यक्ष बस्नेतले बताउनुभयो । बालबालिका हरुलाई लक्षित गरी स्वास्थ्य परीक्षण , अपांगता पहिचान तथा परिचयपत्र वितरणका लागि निशुल्क घुम्ती शिविर सञ्चालन गरेपछि उक्त शिविरमा कुशे गाउँपालिका भित्रका १८ बर्ष मुनिका २४८ अपांग बालबालिकाको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेल बताउनुभयो ।
उहाँका अनुसार शिविरमा सेवा लिने वालवालिकाहरु मध्य बालकहरु १३९ र बालिका १०९ थिए । जस मध्य क बर्ग को अपांगता भएका १ जना ख बर्गको अपांगता भएका १४ जना, ग बर्गको अपांगता भएका १६ जना र घ बर्गको अपांगता भएका २२ जना गरि जम्मा ५३ वालवालिकाहरुलाइ शिविरमा अपांगताको परिचय पत्र वितरण गरिएको अध्यक्ष वस्नेतले बताउनुभयो । यस्तै ८ जना वालवालिकाहरुले हिड्नका लागि सहायक सामाग्री पनि पाएको बताइएको छ ।

वालवालिकाहरुलाइ प्रदान गरिएको सहायक सामग्रीको लागि नेपाल समाज कल्याण संघ सहयोग गरेको उहाँले जानकारी दिनुभयो। ५८ जना वालवालिकाहरुलाइ उपचारका लागि जिल्ला वाहिर सिफारिस गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाले पनि अपाङता भएका १८ वर्ष मुनीका व्यक्तिको लागि गरिएको शिविरमा चेकजाँच गर्दा ५ क बर्ग, ७ ख बर्ग , १४ जना ग बर्ग र ४१ घ बर्ग जम्मा ६७ जना परिचय पत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो ।
गाउँ , गाउँमा भएको स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पाउँदा स्थानीयवासीहरु खुसी भएका छन् । यो भन्दा अगाडी परिचयपत्र लिनका लागि हजारौ रकम खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको थियो ।








