जव हरायको सात वर्षपछि घर पुग्दा

जाजरकोट ः घरबाट सात बर्ष पहिला हराएकी बारेकोट गाउँपालिका–५ करुकाकी कल्पना थापाको आज उद्धार भएको छ । मानव सेवाका क्षेत्रमा काम गर्दै आएको भारतको तमाना शिष्टर अफ च्यारेटी हराएका महिलाहरुको संरक्षण घरले भारतको नयाँ दिल्लीबाट कल्पनाको उद्धार गरेर जाजरकोट पुर्याएको हो ।
तमाना शिष्टर अफ च्यारेटी हराएका महिलाहरुको संरक्षण घर० मा कार्यरत मन्जुसाको टीमले कल्पनालाई भारतको नयाँ दिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा ल्याएर मंगलबार कल्पनाका दाई महेन्द्र थापालाई बुझाएको छ । कल्पनाका दाई महेन्द्र थापा, गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंह, वडासदस्य भक्तबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि गोपालबहादुर शाही, बारएशोसेसन जाजरकोट अध्यक्ष भीमबहादुर सिंह, ईन्सेक प्रतिनीधि दिनेशकुमार श्रेष्ठ, रेडक्रस शोसाईटीका प्रतिनीधि खम्बजंग शाह, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, युवा जागरण बिकास केन्द्र नेपाल ९यार्सन० का कार्यक्रम संयोजक सहदेव बस्नेत लगाएतका व्यक्तिहरुलाई कागज गराएर तमाना शिष्टर अफ च्यारेटी ९हराएका महिलाहरुको संरक्षण घर० को टोलीले कल्पनालाई अभिबाबकसंग बुझाएको थियो ।
आज भन्दा तीन बर्ष पहिला ९सन् २०१७ मे १५ तारिखमा० नयाँ दिल्लीको गुरागाउँ स्थित एक अस्पतालमा भारतको प्रहरीले कल्पना थापालाई फेला पारेको मन्जुसाले बताईन् । भारतिय प्रहरीले कल्पनालाई ताउड देविल बृद्धाश्रमलाई बुझाएको जानकारी दिदै मन्जुसाले कल्पना फेला परेको एक बर्षपछि आफु कार्यरत तमाना शिष्टर अफ च्यारेटी ९हराएका महिलाहरुको संरक्षण घर० मा कानुनी हिसाबले आई पुगेको बताईन् । कम स्मरण शक्ति भएकी कल्पनालाई आफुहरुले एक बर्ष भन्दा बढि समयसम्म उपचार गरेपछि मानसिक सन्तुलनमा आएको मन्जुसाको भनाई रहेको थियो । कल्पनाले अझैपनि नियमित रुपमा औषधी खाई राख्नु पर्ने बताउदै मन्जुसाले भनिन्–‘कल्पनाले घरमा रहेकी ममीलाई स्मरण गरेर नेपाल फर्किने ईच्छा व्यक्त गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मासंग सम्पर्क गरेका हौं ।’
जाजरकोटको रिम्ना र कार्कीज्युलाको नाम मात्र बताउन सक्ने कल्पनाको घर कहाँ हो भनेर आफुले पत्ता लगाउन युवा जागरण बिकास केन्द्र नेपाल ९यार्सन० का कार्यक्रम संयोजक सहदेव बस्नेतसंग सम्पर्क गरेको कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्माले बताए । कार्यक्रम संयोजक बस्नेतको सहयोगमा कल्पनालाई अभिवाबकसम्म पुर्याउन सफल भएको व्यवस्थापक शर्माको भनाई रहेको छ । कल्पना जस्तै समाजमा धेरै महिला दिदीबैनीहरु हराई रहेको बताउदै व्यवस्थापक शर्माले नेपालगञ्ज खजुराकी एक महिलाई आज भन्दा दुई दिन अगाडी पुर्नस्थापना गरिएको जानकारी दिए ।
कल्पनाको बास्तबिक नाम देवी थापा भएको बताउदै बारेकोट–५ का वडा सदस्य भक्तबहादुर बस्नेतले कल्पना घरबाट हराएको सात बर्ष भईसकेको बताए । यो भन्दा पहिला पनि कल्पनाले घर छोड्ने गरेको बताउदै वडा सदस्य बस्नेतले एक पटक जुम्ला र एक पटक बर्दियाबाट कल्पनालाई अभिबाबकले घर फर्काएर ल्याएको बताए । घरमा कल्पनाको बुवा बितिसकेको, आमा र दाई महेन्द्र मात्र भएको जानकारी दिदै वडा सदस्य बस्नेतले कल्पनालाई थप उपचार गर्नसक्ने आर्थिक अबस्था महेन्द्रसंग नभएको जानकारी दिए ।
कल्पना जस्तै आफ्नी बैनी उशा सिंह पनि बिरामी भएको बताउदै बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाहीले कल्पनाको उपचारका लागि धेरै मोटो रकम नचाहिने बताईन् । कल्पनाको उपचारका लागि चाहिने रकमको व्यवस्था गाउँपालिकाले गर्ने उपाध्यक्ष शाहीले बताईन् । सात बर्ष देखि हराएकी कल्पनालाई आफ्नै गाउँघरमा पुर्नस्थापना गर्न सहयोग गर्ने मानव सेवाका क्षेत्रमा काम गर्दै आएको तमाना शिष्टर अफ च्यारेटी ९हराएका महिलाहरुको संरक्षण घर०, कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मा, युवा जागरण बिकास केन्द्र नेपाल ९यार्सन० का कार्यक्रम संयोजक सहदेव बस्नेत लगाएको टोलीलाई उपाध्यक्ष शाहीले धन्यवाद दिएकी थिईन ।
उपाध्यक्ष शाही जस्तै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जाजरकोट अध्यक्ष ढकवीर राना, भेरी नगरपालिका–४ नम्बर वडाअध्यक्ष खम्बजंग शाह, बारेकोट–६ का वडाअध्यक्ष तिलबहादुर महतराले कल्पनाको उद्धार तथा पुर्नस्थापना कार्यमा संलग्न सबै जनालाई धन्यवाद दिएका थिए । डिजिटल संचार








