माओवादीले अव हातखुट्टा बाँधेर हेर्नुपर्ने ?

हेमन्त केसी
आज गाडीमा चढेको देख्ने , अलि राम्रो कपडा लगायको देख्ने अनि सधै अभावमै भएको भए कति राम्रो हुन्थ्यो भन्ने मानसिक रोगीका लागि अहिलेका जनयूद्धबाट आएका केही योद्धाहरु खुवै निसामा परेका देखिन्छ । खाएको , बसेको , उठेको अनि दायाँ र बायाँ सम्म हेर्न नदिने एक जमात किन यती गरिव रुपमा मानसीक रोगी भएको होला ?
सधै माओवादी भएर जंगलै जाउन , युद्ध लड्न बाध्य भई जीवनभरी मर्ने र मार्ने खेलमा मात्र लगिरहेके भए आनन्द सँग सत्ता चलाई जनतालाई दुख दिन पाईने चेतनाका साथ किन मानसीक रोगी भएर लागेका होलान् । अहिले युद्घ भएको भए केही मानिसहरु विदेशबाट डलेर ल्याएर मान्छे भुट्ने अभियानमा लाग्ने असफल चेतनाका साथ दैनिक कुलिएको देखिन्छ ।
आफ्नालाई भन्दा विदेशीको सरणमा परेर देशलाई बलत्कार गर्न पल्केकाहरु माओवादी भएकै कारण विरामी पर्न नहुँने , मिठो खाना नहुँने भन्दै दैनिक रोईलो काटेको देखिन्छ । सधै मिठो खाने उनीहरुकै ठेक्का थियो जस्तो ? यो यहाँ एउटा गम्भिर प्रकृतीको समस्या देखिसकेको छ । पुर्व माओवादी भएकाहरु दैनिक विरामी भएर अस्पतालको शैयामा देखिन्छन् । हिजोका दिनमा उनीहरुले राम्रो सँग पेटभरी खाना पाएन्न , सुत्न पाएन्न त्यो सवै पीडा अहिले आएर नमेटिने घाउँ भन्दै जीवनभरी समस्याको रुपमा प्रदा भएको छ । अधिकांश ग्रामीण क्षेत्रमा कार्यक्रताहरु विगतले झस्काउने गर्छ ।
हिजो माओवादी भएकै कारण आज उनीहरुले केही पनि गर्न नहुँने र केही काम गरिहाले संसारै भासिएको जस्तो एक थरी कराउछँन् । एक खालका हिजोका जिउँदा सामान्तहरु ? युद्ध व्यक्तिगत फाईदाका लागि गरिएको थिएन , न त यहाँ जीवनको वाजि लगाएर ल्याएको यो व्यवस्था कसैलाई उखान हाल्नका लागि नै ल्याईएको थियो । व्यवस्था परिवर्तनमा जीवन आहुती दिएकाहरुका आफन्त सँग एक पटक सोध पीडा के हो ? आँसुको मुल्य के हो ? सायद यसको मुल्य कसैसँग छैन् । युद्घ भावनात्मक रुपमा गरिएको थिएन , त्यहाँ व्यवस्था परिवर्तका लागि र नयाँ संसार निर्माणसँगै जनताको अधिकार स्थापित गर्नका लागि गरिएको थियो ।
जसले व्यवस्था परिर्वतनका लागि लडे , उनैलाई आजका नव शामन्तहरु दैनिक शव्दरुपी बाणहरुले लखेट्ने गर्छन् । तिमीहरु शव्दले परिवर्तनकारीलाई लखेट , उनीहरुको आँसु र वेदनाहरु शामन्तहरुको चिहान अशान्त हुँदै गरेको पनि अवगत हुँनु पर्ने हो । हिजो युद्घ लड्दा मात्र एक मात्र विपक्षीको सामाना गरेका परिवर्तनकारीहरु आज सयौँ नव शामन्तको झेलमा फस्दै गरेका छन् । पदका लागि , विदेशी डलका लागि आफ्नै भन्नेबाट ज्यूदो सिकार बन्दै गरेको अवस्था छ ।
अझै पनि पुर्व माओवादी नेताहरुको नाममा थुर्पै खालका मुद्धाहरु अदालतमा विचारधिन छन् । ति मुद्धा वुत्याउन अरु कोही लागेका छैन्न , आफ्नै भनिएको नामबाट पुकारिनेहरु ले ठुला एटम पट्काउने तयारी गरी सत्य नास बनाउने अध्यारो कुनामा जाल बुनेको विस्तारै खुल्दै गरेको छ ।
जनयुद्घको नेतृत्व गरेको माओवादी अहिले फुटेर आधा दर्जन पाटी भईसक्यो । माओवादी पाटी नभई एक आन्दोलन थियो । जुन आन्दोलन अहिले धेरै भागमा विभक्त भइसकेको छ । फुटाउ र राजगर भन्ने विस्तारबादी एजेण्डा पास हुँदै गर्दा माओवादी आन्दोलन परिवर्तन हुँदै दिशा समेत बदलिएको छ ।
दिशा वदलेपनि परिवर्तका खातिर होमिएको सिपाई , आधा पेट खाएर अनि भोकै लडेको महान आत्मलाई अव अस्पतालको वेड चाहिएको छ । उ उपचार गर्ने पैसा नपाएर भौतारिनु परेको छ ।
सिंहदरवार आउँदा उसलाई गेटले चिन्दैन् । उ मन मनै भन्छ , खासमा मेले यही कामको लागि युद्घ लडेको थिए । दुनियाँका छोरा, छोरी महंगा विद्यालयमा पढ्दै गर्दा सहितको बालबालिका गाउँको सामुदायिक विद्यालयमा झोला किन्ने पैसा नपाएर भैतारिएको छ । उसले बाबा खोज्छ , उसले आमा खोज्छ तर उसका अभिभावक परिवर्तका खातिर बलि चढे । उनीहरु कहिले आउदैन्न , तर त्यो बालक माया र उज्यालो संसार खोज्दै छ ।
अव त्यो बालकको जिम्म यो राज्यले लिनुपर्छ कि पदैन् । उसैका वावा र आमाको बलिदानीले ल्याएको यो व्यवस्थाका विरुद्ध विद्धोह मार्फत अर्को नयाँ व्यवस्थाको खोजी गर्न त्यो बालकलाई अहिलेको शव्दरुपी जालले वाध्य पर्दैछन् । हिजो युद्घ लडेकाहरु आज औषधी नपाएर छट्पटाएका छन् । जिन्दगीभरी निको नहुँने गोलीका छर्रा शरीरभर बोकेर उनीहरु परिवर्तनको आशा बोकेर अझै दौडिरहेका छन् । उसलाई अहिलेका नयाँ मालिकले चिन्दैन्न , न त उसले पेटभरी खाना पाउँछ । यति लैख्दै गर्दा , पढ्ने पाठकले किन यती आक्रोष पोखेको होला भन्ने प्रश्न गर्ने यहाँ थुपै ठाउँ छन् । तर परिवर्तका हिस्सेदार हरुको क्रान्ति जारी रहेको छ , अर्को तीर परिर्वतनका एजेण्डा उल्टाउन एक थरी अध्यारो कुनाबाट लागिपरेका छन् ।
अव पुर्व माओवादीले के बुझन जरुरी छ भने पहिला सहित , वेपता अनि घाईतेको मलमपट्टी नलगाई अहिलेको परिर्वतन संस्थागत हुँन सक्दैन ? नत्र उनै विप्लवले भनेका एजेण्डा कत्तै सहि हो की भनेर केही थान मानिसहरु कराएको गलत हुँने छैन् । अहिले गाउँमा थुपै खालका असन्तुष्टि कार्यम छन् । हिजो २० वर्ष अघि उपभोक्तामा वसेर ठग्ने व्यक्ति अहिले पनि सोही पेशामा थप व्यवसायीक भएर लागेको छ । भ्रष्टाचारको विरोध गर्नेलाई उल्टै जनयुद्धको मुद्धा हाल्छु भनि धमक्याउछ । हामीले देख्ने गरेको परिवर्तन , आहा यसैका लागि रहेछ क्यारे !




सम्बन्धित समाचार


error: Content is protected !!