हिउँले ल्याएको खुसी !


हेमन्त केसी

काठमाडौँ ः वर्षेनी हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका –६ डोल्पाका सन्तोष सिंह यो वर्ष भने भारी खुसी भएका छन् ।

उहाँले लगाएको गहुँ ,जौँ र अन्य तरकारीबाली सिंचाईको अभावमा सुक्न थालेको थियो । आकाशे पानीको भरमा लगाएको हिउँदेवाली सुक्न थालेपछि दुखी भएका सिंहको सुक्रबार आएको हिमपाले एकै पटक खुसी थपिदियो । सिंह भन्नुहुन्छ , “ अघिल्ला वर्ष भन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुँने पक्का भएको छ , प्रकृतीले पनि सोचेको कुरा पुरा गरीदिदो रहेछ ,। ”

अर्का उवा खेती लगायर सिंचाई सुविधा नभएपछि निरास भएका नर्कुका हरीबहादुर सिंह यो पटक खुसीको सिमा रहेन । उहाँ भन्नुहुन्छ , “ अघिल्लो वर्ष विउँ सम्म उठेको थिएन , यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी हुँने भयो , अव घर परिवारका लागि बाहिरबाट खाद्यान्न ल्याउनु नपर्ने पक्का भएको छ , । ” वर्र्षेनी सर्मी स्थित खाद्य डिपोबाट खाद्यान्न ल्याएर दैनिक छ जनाको परिवार पाल्दै आएका सिंह हिमपातले उत्पादन वृद्धी हुँने भएपछि खुसी हुनुभएको हो । त्यस्तै जाजरकोट बारेकोट गाउँपालिका –५ पाखामा लगायको गहुँबाली सप्रिने भएपछि यहाँका कृषहरु खुसी भएका छन् ।

सिंचाईको अभावमा वर्षेनी समस्या भोग्दै बारेकोटबासीहरु हिमपात सँगै सिंचाईको माग पुर्ती भएपछि हैसियाका छन् । पाखाबासीले सिंचाईका लागि सवै तहका जनप्रतिनिधिलाई ध्यान आक्रषण गराएपनि माग पुरा नभएको भन्दै पाखाबासी पीडा पोख्दै आएका छन् । त्यस्तै जिल्लाका अधिकांश ठाउँमा सिंचाइको अभावमा कत्तै जमिन बाँझै रहेका छन् भने कत्तै लगाएको बाली सुक्न लाग्दा हिमपात हुँदा कृषकहरुमा खुसी थपिएको हो । त्यस्तै नलगाड नगरपालिका –८ मेघाचौरमा हिउँदेबालीको रुपमा लगाएको गहुँबाली समयमै हिमपात हुँदा रुप फेरिएको छ ।

उच्च पहाडमा भारी हिमपात भएपछि कृषकहरुको अन्नबालीमा सिंचित हुँदा हराभरा भएको स्थानीयवासी मनीलाल खत्रीले बताउनुभयो । यहाँले भन्नुभयो,“ प्रकृतीले पनि मानवको पीडा बुझदो रहेछ , समयमै हिमपात हुँदा हाम्रो खेतबारी हरीया भएका छन् ।” वर्षेनी सिंचाईको सुविधा नभएको कारण आकाशे पानीको भरमा लगाईने हिउँदेबाली भगवानको भरोसमा विउँ जोगिने अर्थात केही फल्ने गर्दछ । खेतबारी बाँझै राख्नु भन्दा केही लगायर छाड्दा राम्रो हुँने स्थानीयवासीको चाहाना अनुसार यो वर्ष प्रकृतीले पनि न्याय गरेको स्थानीयवासीले बताएका छन् ।
दुई वर्ष अघि हिउँदेबाली लगाएको लामो समय सम्मा पानी नपर्दा मष्ट देवतालाई बोका नै भाकल गर्नुपरेको सुनाउँदै नलगाड नगरपालिका –११ का अशोक सिंह भन्नुहुन्छ , “ गाउँको तल भेरी नदी छ , तर माथी खेतबारी बाँझै छन् कस्तो पीडा होला हाम्रो ? तर यो पटक हाम्रो गाउँमै हिमपात भयो , आहा अव उत्पादन बढ्ने भएको छ ,।”

कर्णालीका अधिकांश ठाउँमा यो पटक सोचेको समय भन्दा अगाडी हिमपात भएको कृषहरुको प्रतिक्रया छ । कर्णालीको सिंचाई योग्य जमिन  वि.सं. २०६८ सालको जनगणनामा यहाँको जनसङ्ख्या १५ लाख ७० हजार ४ सय १८ रहेकोमा २०७५ मा यहाँको जनसङ्ख्या करिब १७ लाख ७९ हजार ७ सय ८० पुगेको अनुमान गरिएको छ ।

जम्मा क्षेत्रफल २५ लाख २५ हजार दुई सय ७५ हेक्टर, कूल खेती योग्य जमिन दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर, कूल खेती गरिएको जमिन दुई लाख १६ हजार आठ सय ८० हेक्टर, बाह्रै महिना सिंचित क्षेत्रफल ३८ हजार ३३ हेक्टर र आंशिक सिंचित क्षेत्रफल ३० हजार तीन सय दुई हेक्टर रहेको तथ्यांक छ ।

प्रदेशमा करिब ४२ हजार ८१७ व्यावसायिक इकाईहरूमा जम्मा १ लाख ३२ हजार ४२५ ले मात्र रोजगारी प्राप्त गरको देखाइएको छ । त्यसैगरी गभर्नेन्स फ्यासिलिटीेले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक “संघीय नेपाल ः प्रदेशहरू” मा कर्णालीमा ३९ उद्योगले हजार ,४०९ जनालाई मात्र रोजगार दिन सकेको देखाएको छ ।

हावापानीको अवस्था ?
भौगोलिक अवस्था जस्तै जलवायुको दृष्टिले पनि कर्णाली प्रदेश जत्तिको जटिल छ उत्तिकै मनमोहक पनि छ । यहाँको जलवायु शीत र समशीतोष्ण रहेको छ । यस प्रदेशमा तराई नजोडिएको कारणले उष्ण जलवायु पाईदैन् ।
उत्तरी हिमाली भेगमा बाह्रै महिना चिसो र दक्षिणी पहाडी, उपत्यका तथा दूनहरूमा समशीतोष्ण जलवायु पाइन्छ । उत्तर–दक्षिण जोड्ने सडक यातायात र रोप–वेहरूको समुचित विकास भयो भने केही घण्टाभित्रै चिसोबाट गर्मी ठाउँमा र गर्मीबाट चिसो ठाउँमा पुग्न सकिने भएकाले यो प्रदेश तराईको प्रचण्ड तातो जलवायुमा रहने र अत्यन्त चिसो हिमाली भेगमा बस्नेहरूका लागि पनि उपयुक्त मानिन्छ ।

गरिवको अवस्था ?
नेपालमा बहुआयामिक गरिवी सूचाङ्क २८ दशमलव ६ प्रतिशत रहेकोमा कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत पाईएको छ । नेपाल अझ रेमिटान्समा बा“चेको मुलुक भने पनि फरक पर्दैन ।
करिब–करिब कूल बजेटको ३० प्रतिशत बजेट रेमिटान्समा निर्भर रहेको छ । ६५ प्रतिशतभन्दा बढी करिब दुई तिहाई जनता अझंै पनि कृषिमा निर्भर छन् । यो कम संख्या होइन तर कृषि र पशुपालमा सुधार नगरिएको कारणले खाद्यान्न बालीहरू दाल, चामल र नगदे बालीका उत्पादनहरू जीवन धान्ने माध्यम पनि बन्न सकेका छैनन् ।

यस प्रदेशको सबैभन्दा ठूलो नदी कर्णाली हो । यस नदीको प्रभाव क्षेत्र करिब ४९००० वर्ग किलोमिटर छ । यो नदीको लम्बाई ५०७ किलोमिटर छ । यससँग जोडिएका यसका सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, तिला नदी हुन् । डोल्पाबाट बग्ने ठूली भेरी, रुकुमबाट बग्ने सानीभेरी वग्ने गर्दछ ।

सुर्खेतबाट पश्चिमतर्फ बगेर कर्णाली नदीमा मिसिने भेरी नदीको करिब पचास प्रतिशत पानी बबई नदीमा मिसिएर बा“के–बर्दियाको सिंचाईमा प्रयोग हुने भए तापनि बा“की पानी कर्णालीमा मिसिने हुनाले भेरीले पनि कर्णालीको सहायक नदी बन्ने सौभाग्य अझैं पनि पाएको छ ।

अन्य प्रदेशहरूको तुलनामा यहा“ जलविद्युत बढी उत्पादन हुने सम्भावना रहेकाले यसलाई सेतो सुनको प्रदेश पनि भन्ने गरिन्छ । यहा“का जनताको आर्थिक पछौटेपन, स्थानीय लगानीकर्ताको अभाव, भौगोलिक कठिनाई जस्ता तमाम प्रतिकूल परिस्थिति र चुनौति भएर पनि सम्भावना पनि त्यत्तिकै आशालाग्दो रहेको छ, त्यसैले यहा“ करिब २ हजार मेघावाट विद्युत उत्पादन हुन सक्ने सम्भावना रहेको छ ।

तस्वीर ः टेकराज पछाईको फेसवुकबाट । उहाँ नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य तथा राष्टिय युवा परिषद् नेपालमा कार्यरत हुनुहुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!